वर्तमान विद्यालय शिक्षामा बौद्धिक परीयति शिक्षाको प्रभाव
DOI:
https://doi.org/10.3126/snprcj.v5i1.83486Keywords:
बौद्ध परियत्ति शिक्षा, विद्यालय शिक्षा, शैक्षिक उपलब्धी, लगनशीलता, अतिरिक्त क्रियाकलाप, समाबेशी शिक्षा, सामाजिक व्यवहार, पाठ्यक्रम विकासAbstract
यो अध्ययनले नेपालमा बौद्ध परियत्ति शिक्षाको विद्यालयीय शिक्षामा पार्ने प्रभावको बहुआयामिक विश्लेषण गरेको छ । अध्ययनले बौद्ध परियत्ति शिक्षा अध्ययन गने विद्यार्थीहरूको शैक्षिक उपलब्धि, अनुशासन, नियमित उपस्थिति, लगनशीलता, कक्षा सहभागिता,अतिरिक्त कृयाकलापमा संलग्नता लगायतका पक्षहरूमा अन्य त्तिद्यार्थीहरूको तुलनामा उल्लेखनीय प्रगति देखाएको छ । अनुसन्धानका परिणामहरूले दर्शाउछन कि बौद्ध परियत्ति शिक्षाले विद्यार्थीहरूको मनोबैज्ञानिक सुदृढीकरण, नैतिक विकास र सामाजिक व्यवहार सुधारमा सकारात्मक भूमिका खेलेको छ । साथै, बौद्ध परियत्ति विद्यार्थीहरूमा पुनः कक्षा दोहोयााउने र कक्षा छोड्ने दर न्यून भएको पाइयो । अतिरिक्त कृयाकलापहरू,जस्तैवादविवाद र हाजिरी जवाफ प्रतियोगितामा परियत्ति विद्यार्थीहरूको सक्रिय सहभागिताले समग्र व्यक्तित्त्व विकासमा सहयोग पु¥याएको छ । अध्ययनले सामाजिकसांकृतिक विभेद र लैङ्गिक पूर्वाग्रहलाई हटाएर बौद्ध परियत्ति शिक्षालाई व्यापक बनाउने आवश्यकतालाई पनि औंल्याएको छ । समाबेशी पाठ्यक्रमको विकास त्तिकास, दक्ष शिक्षकको तालिम, बालकेन्द्रित शिक्षण विधि र उपयुक्त शिक्षण वातावरण सिर्जनाकालागि नीति तथा कार्यक्रमको आवस्यकता देखिएको छ ।
यसले मात्र बौद्ध परियत्ति शिक्षालाई विद्यालय शिक्षा प्रणालीसँग प्रभावकारी रूपमा एकीकृत गर्न सकिने देखिएको छ । यसैविच, विद्यालय व्यवस्थापन, शिक्षक, अभुभावक र समुदायबीच समन्वय तथा अनुगमन प्रणालीको सुदृढीकरण आवस्यक रहेको सुझाव समेत प्रस्तुत गरिएको छ । भावी अनुसन्धानहरुले बौद्ध परियत्ति शिक्षाको दीर्घकालीन प्रभाव, व्यवस्थापन र नीति विकासमा ध्यान दिनुपर्ने देखिन्छ । यस अध्ययनले नेपालजस्तो बहुसांस्कृतिक बहु धार्मिक समाजमा बौद्ध परियत्ति शिक्षाकोशैक्षिक सामाजिक र नैतिक मूल्यलाई उजागर गदै समाबेशी, गुणस्तरीय र व्यवहारिक शिक्षा प्रवर्द्धन गर्ने दिशामा महत्वपूर्णयोगदान पुर्याएको छ ।