संस्कृत वाङ्मयमा अर्थतत्व

Authors

Keywords:

अद्वेत वेदान्त, प्रकरण, निषेधाज्ञा, आप्तवाक्य

Abstract

अर्थ भाषाको महत्वपूर्ण पक्ष हो । अर्थविहीन भाषिक संरचना ध्वनिमात्र हुने भएको हुनाले संस्कृतमा अर्थका सम्बन्धमा विस्तृत विवेचना गरिएको छ । अर्थको विश्लेषणका क्रममा पद तथा पदार्थका सम्बन्धमा विभिन्न धारणाहरू अगाडि सारिएका छन् । पद तथा पदार्थका सम्बन्धमा व्यक्त भएका ती फरक धारणाहरू नै अर्थ सम्बन्धी संस्कृत अवधारणा हो । अरूको व्यवहारबाट सिक्ने वृद्ध व्यवहार, प्रत्यक्ष अनुभवबाट सिक्ने प्रत्यक्ष,अर्काको कुरा सुनेर बुझ्ने अर्थ अनुमान, मूल अर्थ छाडेर बुझिने बाहिरी अर्थ अर्थापत्ति, दार्शनिकको भनाइबाट बुझिने अर्थ आप्तवाक्य, धातु सर्गबाट बुझिने अर्थ व्याकरण, सुनेको बुझेको आधारमा अर्थको अनुमान गर्नु उपमान, शब्दकोशबाट बुझिने अर्थ कोष, प्रकरणबाट बुझिने अर्थ वाक्यशेष, व्याख्याबाट खुल्ने अर्थ विवृति र निकट पदको सम्बन्धबाट खुल्ने अर्थ सिद्धपदसान्निध्य अर्थबोधका आधार हुन् । एउटा पदले अर्को पद राख्ने अवस्था आकांक्षा, शब्दहरूका बिचको तार्किक सुसंगति योग्यता, निकटवर्ती अवस्थाको व्याख्या सन्निधि र वक्ताको आशय अनुसार स्रोताले बुझ्नु तात्पर्यज्ञान अर्थज्ञानका सर्त हुन् । अर्थको बोध र त्यसका निर्धारणका सम्बन्धमा भएका गहन चिन्तनहरू नै अर्थसम्बन्धी संस्कृत अवधारणा हुन् । मीमांसक, नैयायिक र वैयाकरण सम्प्रदायका विश्लेषकहरूले संस्कृत वाङ्मयमा अर्थतत्वसम्बन्धी आ-आफ्नै अवधारणाहरू प्रस्तुत गरेका छन् ।

Abstract
63
PDF (Nepali)
1

Downloads

Published

2024-12-31

How to Cite

संस्कृत वाङ्मयमा अर्थतत्व. (2024). SNPRC Journal, 5(1), 141-152. https://doi.org/10.3126/snprcj.v5i1.83491

Issue

Section

Articles

How to Cite

संस्कृत वाङ्मयमा अर्थतत्व. (2024). SNPRC Journal, 5(1), 141-152. https://doi.org/10.3126/snprcj.v5i1.83491