कक्षा ९ र १० को वर्तमान नेपाली पाठ्यक्रमप्रति शिक्षकका अनुभव

Authors

  • Narayan Prasad Pantha Butwal Multiple Campus, Butwal, TU

DOI:

https://doi.org/10.3126/snprcj.v5i1.83492

Keywords:

क्रियाकलाप, पाठ्यक्रम, विद्यार्थीमैत्री, शैक्षिक उद्देश्य, शिक्षण विधि

Abstract

प्रस्तुत  लेख  कक्षा  ९  र  १०  को  वर्तमान  नेपाली  पाठ्यक्रमप्रति शिक्षकका अनुभवमा केन्द्रित रहेको छ ।  यस लेखको मुख्य  उद्देश्य शिक्षकका धारणाका आधारमा कक्षा ९ र १० को वर्तमान नेपाली पाठ ्यक्रमप्रति  शिक्षकका  अनुभव  केकस्ता  छन्  भन्ने  प्राज्ञिक  जिज्ञासाको खोजी, पहिचान तथा विश्लेषण गर्नु रहेको छ ।  यसका लागि  गुणात्मक  ढाँचा,  घटना  अनुभव  पद्धति  र  निर्माणवादी  सिद्धान्तको उपयोग गरिएको छ ।  यस लेखमा गरिएको स्थलगत अध्ययनअनुसार  उद्देश्यपूर्ण  नमुना  छनोटका  आधारमा  रुपन्देही  जिल्लाका  पाँचओटा  विद्यालयमा  नेपाली  अध्यापन  गर्ने  दसजना  शिक्षक छनोट गरी अर्धसंरचनात्मक अन्तरवार्ताका आधारमा तथ्य सङ्कलन  गरिएका  छन् ।  द्वितीयक  स्रोतका  रूपमा  पुस्तकालयीय  कार्य  बाट  सैद्धान्तिक  सामग्री  सङ्कलन  गरी  उक्त  तथ्यहरूलाई  वर्णनात्मक  ढङ्गले  विश्लेषण  गरी  सङ्कलित  तथ्यबाट  आशय  निर्माण गरी प्राज्ञिक जिज्ञासाका आधारमा निष्कर्षमा पुगिएको छ । शिक्षकले  बताएअनुसार  पाठ ्यक्रमलाई विद्यार्थीका  शैक्षिक  तथा  मनोवैज्ञानिक  स्तरअनुसार  समयसापेक्ष  हुने  गरी  भाषाशिक्षण सिकाइसँग  सम्बन्धित  पाठ ्यक्रम  निर्माण,  पाठ ्यसामग्री  छनोट  र  स्तरण गर्नुपर्ने देखिन्छ ।  खास गरी वि.सं. २०७८ को माध्यमिक नेपाली  पाठ्यक्रमसँगै  नेपाली  सिकाइ  प्रक्रियालाई  प्रायोगिक,  व्यवस्थित,  अन्तरक्रियात्मक  र  भाषाशिक्षणको  मर्म  अनुकूल  बनाउन   खोजिएको   छ । मूलतः   शिक्षक   केन्द्रित   शिक्षण विद्यार्थीमैत्री  सिकाइ  सहजीकरणको  उपयोगतर्फ  केन्द्रित  हँुदै आएको  निष्कर्ष  निकालिएको  छ ।  कक्षा  ९  र  १०  को  वर्तमान  नेपाली पाठ्यक्रमप्रति शिक्षकका अनुभवमा केन्द्रित यो लेख कक्षा ९  र  १०  को  वर्तमान  नेपाली  पाठ्यक्रम सिकाइ  सहजीकरण  प्रक्रियालाई  व्यवस्थित  गराउन  उपयोगी  हुने  देखिन्छ ।   यस अध्ययनबाट यस क्षेत्रमा रही अन्वेषण गर्न चाहने विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्तालगायतलाई सैद्धान्तिक अवधारणा ग्रहण गर्न र त्यसको उपयोग गरी विश्लेषण गर्न मदत पुग्ने अपेक्षा गरिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
30
PDF (नेपाली)
9

Published

2024-12-31

How to Cite

Pantha, N. P. (2024). कक्षा ९ र १० को वर्तमान नेपाली पाठ्यक्रमप्रति शिक्षकका अनुभव. SNPRC Journal, 5(1), 153–168. https://doi.org/10.3126/snprcj.v5i1.83492

Issue

Section

Articles