चुली उपन्यासको सारवस्तु

Authors

DOI:

https://doi.org/10.3126/snprcj.v5i1.83493

Keywords:

अन्योक्तिपरक, जीवनदृष्टि, नाटकीकृत, बिचार, सारबस्तु

Abstract

प्रस्तुत लेखमा उपन्यासकार सरुभक्तद्वारा लिखित चुली (२०६०) उपन्यासलाई सारवस्तुसम्बन्धी अवधारणाका आधारमा विश्लेषण गरिएको छ । यस लेखमा चुली उपन्यासलाई प्राथमिक स्रोतको सामग्रीका रूपमा उपयोग गरिएको छ । उपन्यासको विश्लेषणका लागि आवश्यक सैद्धान्तिक अवधारणा निर्माणका लागि उपयोग गरिएका सन्दर्भपुस्तक तथा चुली उपन्यासका बारेमा गरिएका समीक्षा नै यस लेखमा द्वितीयक स्रोतका सामग्री बनेका छन् । यस लेखमा उपयोग गरिएका दुवै स्रोतका सामग्री सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । चुली उपन्यासमा हिमाल आरोहणका कृयाकलापलाई मानिसको जीवनको लक्ष्य प्राप्तिको सन्दर्भ जोडिएको छ । हिमालको चुलीको उचाइ नाप्नका लागि कठोर मिहिनेत आवश्यक परे जस्तै जीवनलाई पनि चुलीको शिखरमा पु¥याउनका लागि अथक मिहिनेतको आवश्यकता पर्छ भन्ने विषय यस उपन्यासमा आएको छ । उपन्यासमा जीवनलाई हिमालका विविध सन्दर्भसँग जोड्दै हिमाल र जीवनका बिचमा तादात्म्य खोज्ने प्रयत्न गरिएकाले छ । यहाँ जीवन अनि हिमाल दुवैलाई सफलताको शिखरमा पु¥याउने आधार नै मिहिनेत वा कठोर साधना हो भन्ने विषय स्थापित गरिएको छ । निरन्तर साधना, कठोर परिश्रम र सङ्घर्षबाट हिमालका सयौँ चुलीको उचाइ भेट्टाउन सकिए जस्तै अविश्रान्त यात्राबाट नै मानिसको जीवनका उच्च उपलब्धि हत्याउन सकिन्छ भन्ने मूल सारवस्तु यस उपन्यासमा अभिव्यक्त छ

Downloads

Download data is not yet available.
Abstract
33
PDF (नेपाली)
6

Published

2024-12-31

How to Cite

Tiwari, P., & Paudyal, S. (2024). चुली उपन्यासको सारवस्तु. SNPRC Journal, 5(1), 169–178. https://doi.org/10.3126/snprcj.v5i1.83493

Issue

Section

Articles