शैक्षणिक आधारमा जुम्ली भाषा र बाजुरेली भाषाको व्याकरणिक कोटिगत व्यवस्था

Authors

DOI:

https://doi.org/10.3126/snprcj.v5i1.83495

Keywords:

कोटिगत, लिङ्गगत, वचनगत, पुरुषगत, विशेष्य

Abstract

भाषा व्याकरणमा आधारित हुन्छ । संसारका जुनसुकै भाषामा नियम रहेको हुन्छ । यही नियममा आधारित पद्धति नै भाषाको व्याकरण हो । भाषिक व्याकरणमा व्याकरणिक कोटि रहेको हुन्छ । भाषामा लिङ्ग, वचन, पुरुष, काल, पक्ष, भाव, वाच्य पे्ररणार्थक कोटि रहेका हुन्छन् । व्याकरणिक कोटिका आधारमा भाषिक व्यवस्थाको अध्ययन विश्लेषण हुन्छ । जुम्ली भाषा र वाजुरेली भाषा बीचको व्याकरणिक कोटिगत व्यवस्थाको अध्ययन गरिएको यस लेखमा लिङ्ग, वचन, पुरुषगत आधारमा दुई भाषाको अध्ययन गरिएको छ । जुम्ली र वाजुरेली भाषामा व्याकरणिक व्यवस्था कस्तो रहेको छ ? जुम्ली र वाजुरेली भाषामा कोटिगत समानता र भिन्नता के कस्तो छ ? यस अध्ययनको मुख्य समस्या हो । जुम्ली वाजुरेली भाषाको व्याकरणिक व्यवस्थाको अध्ययन गर्नु, जुम्ली वाजुरेली भाषाको कोटिगत समानता र भिन्नता पहिल्याउनु यस अध्ययनको उद्देश्य रहेको छ । तथ्यांक संकलन स्रोतमा प्राथमिक र द्वितीय स्रोतको उपयोग गरी क्षेत्रगत र पुस्तकालय विधिको प्रयोग गरिएको यस अध्ययनमा जुम्ली र वाजुरेली भाषामा रहेको कोटिगत व्यवस्थामा केही समानता र भिन्नताको स्थिति रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF (नेपाली)
13

Author Biography

Omprakash Acharya, जुम्ला बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय

उप प्राध्यापक 

Published

2024-12-31

How to Cite

Acharya, O. (2024). शैक्षणिक आधारमा जुम्ली भाषा र बाजुरेली भाषाको व्याकरणिक कोटिगत व्यवस्था. SNPRC Journal, 5(1), 179–188. https://doi.org/10.3126/snprcj.v5i1.83495

Issue

Section

Articles