आधुनिक नेपाली निबन्धको लाक्षणिक भाषा

Authors

  • जीवलाल बस्याल Mahendra Ratna Campus

DOI:

https://doi.org/10.3126/sotang.v3i3.53821

Keywords:

शब्द कुञ्जिका ः लक्षणा, शुद्धा, गौणी, उपादान, सारोपा, साध्यवसाना, मानवीकरण, रूपकातिसयोक्ति

Abstract

सार

पूर्वीय एवम् पाश्चात्य साहित्यशास्त्रमा वर्णित लाक्षणिक भाषाको प्रयोग सम्बन्धी अवधारणालाई स्पष्ट गर्दै स्थापित विविध मान्यताहरू मध्ये मानवीकरण र रूपकीय प्रयोगको उपयोगद्वारा लक्ष्मीप्रसाद देवकोटा, कृष्णचन्द्रसिंह प्रधान, शङ्कर लामिछाने र तारानाथ शर्माका खासखास निबन्धांशमा प्रयुक्त लाक्षणिक अभिव्यक्तिको विश्लेषण यस लेखमा गरिएको छ । सामग्री सङ्कलनका क्रममा उद्देश्यमूलक जनसाङ्खिकी विधिको उपयोग भएको छ भने तथ्य विश्लेषणका क्रममा आवश्यकताअनुसार आगमनात्मक र निगमनात्मक विधिको प्रयोग यस लेखमा भएको छ । चार निबन्धकारका लाक्षणिक अभिव्यक्तिको विश्लेषणका क्रममा प्रयोजनवती लक्षणाका शुद्धा र गौणी लक्षणाको व्यापक रूपमा प्रयोग भएको तथ्य यसमा प्राप्त हुन्छ । त्यसमा पनि शुद्धाका उपादान लक्षणा र गौणीका सारोपा एवम् साध्यवसाना लक्षणा समर्थ ढङ्गले प्रकट भएका छन् । जड एवम् सजीव प्रकृतिको मानवीकृत प्रयोगले उपादान लक्षणाको रचना गरेको छ भने रूपक एवम् रूपकातिसयोक्तिले सारोपा एवम् साध्यवसाना लक्षणालाई मूर्त तुल्याएको भेटिन्छ । नेपाली निबन्धमा प्रयुक्त लाक्षणिक भापाको सर्वाधिक उपलब्धि उपादान लक्षणा हो र गौण उलपब्धि सारोपा तथा साध्यवसाना लक्षणा हुन् ।

Downloads

Download data is not yet available.
Abstract
11
PDF
11

Downloads

Published

2021-12-31

How to Cite

बस्याल ज. (2021). आधुनिक नेपाली निबन्धको लाक्षणिक भाषा. Sotang, Yearly Peer Reviewed Journal, 3(3), 1–15. https://doi.org/10.3126/sotang.v3i3.53821

Issue

Section

Articles