वाक्व्रिmया सिद्धान्तका सापेक्षतामा नेपाली भाषा शिक्षण

Authors

  • गोकर्ण जोशी Tribhuvan University

DOI:

https://doi.org/10.3126/sotang.v3i3.53825

Keywords:

मुख्य शब्दावलीः प्रतिज्ञप्ति, वाक्क्रिया, सम्पादनमूलक क्रिया, सुहाउँदो सर्त, सूचनामूलक क्रिया

Abstract

लेखसार

भाषाका क्षेत्रमा भइरहेका नयाँ नयाँ खोज अनुसन्धान र सिद्धान्तले भाषिक विश्लेषणमा नवीनता सिर्जना गरेका छन् । प्रस्तुत लेखमा भाषाले सम्प्रेषणका साथ साथै कसरी कार्य गरिरहेको हुन्छ र त्यसले भाषा शिक्षणमा के कस्तो प्रभाव पारेको हुन्छ भन्ने कुरालाई प्रस्ट पार्न खोजिएको छ । यस लेखमा वाक्क्रिया सिद्धान्त र नेपाली भाषा शिक्षणका बिच रहेको अन्तरसम्बन्ध पत्ता लगाउने उद्देश्य राखिएको छ । उल्लिखित उद्देश्य प्राप्तिका लागि गुणात्मक अनुसन्धान विधिअन्तर्गतको पुस्तकालय अध्ययन प्रक्रिया अपनाएर सामग्री सङ्कलन गरिएको छ । यस कार्यका लागि वाक्व्रिmया सिद्धान्त, नेपाली भाषा शिक्षण र व्याकरण सम्बद्ध सामग्रीलाई द्वितीयक स्रोत मानी सामग्री सङ्कलन गरेर त्यसको आवश्यक विश्लेषण पश्चात् अध्ययन कार्य सम्पन्न गरिएको छ । वाक्व्रिmयासम्बन्धी अवधारणा र सैद्धान्तिक आधार निर्माण गर्ने कार्य जे. एल. अस्टिनले गरेका हुन् भने वाक्व्रिmया सिद्धान्तको प्रतिपादन गर्ने कार्य अस्टिनका चेला सर्लेले गरेका हुन् । यो लेख नेपाली भाषा शिक्षणमा सूचनामूलक व्रिmया र सम्पादनकारी क्रियाको भूमिका, सम्पादनकारी क्रिया र सुहाउँदो सर्त तथा आवश्यक सर्तका सापेक्षतामा भाषा शिक्षण, वाक्क्रिया र भाषा शिक्षण, वाक्क्रियाका प्रकारका आधारमा नेपाली भाषा शिक्षण, प्रत्यक्ष र अप्रत्यक्ष वाक्क्रियाका आधारमा नेपाली भाषा शिक्षण जस्ता क्षेत्रको अध्ययनमा केन्द्रित रहेको छ । प्रस्तुत अनुसन्धानात्मक लेख भाषाविज्ञानमा चासो राख्ने शिक्षक, विद्यार्थी, अनुसन्धाताका साथै भाषाशिक्षण तथा व्याकरण शिक्षणसँग प्रत्यक्ष अथवा अप्रत्यक्ष सम्बन्ध राख्नेका लागि सहयोगी हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
24
PDF
16

Downloads

Published

2021-12-31

How to Cite

जोशी ग. . (2021). वाक्व्रिmया सिद्धान्तका सापेक्षतामा नेपाली भाषा शिक्षण. Sotang, Yearly Peer Reviewed Journal, 3(3), 32–42. https://doi.org/10.3126/sotang.v3i3.53825

Issue

Section

Articles