सराय नाचको ऐतिहासिक तथा सांस्कृतिक महŒव

Authors

  • लोकबहादुर महत Tribhuvan University

DOI:

https://doi.org/10.3126/sotang.v3i3.53827

Keywords:

शब्दकुञ्जिका ः कोट, सांस्कृतिक सम्पदा, नृत्यगीत, वाख्खै, खडगजात्रा

Abstract

लेखसार

दशैँको टीकापछि पूर्णिमा सम्म पहाडका टाकुरामा शक्तिपीठका रूपमा रहेका कोटमा सरायँ हुने प्रचलन रहेको छ । यो नाच लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरू अर्घाखाँची, पाल्पा, गुल्मी र प्युठानमा विशेष रूपमा प्रचलित रहेको छ । पन्चेबाजा बजाएर हतियार सहित गरिने नृत्य, गीत र खेलको संयुक्तरूप सरायँ हो । सरायँ बसाइसराइका क्रममा तराई लगायतका स्थानमा विस्तार भएको छ । सरायँनाचको ऐतिहासिक तथा सांस्कृतिक महŒवको खोजी गर्न यो लेख तयार गरिएको हो । यस क्रममा सरायँहुने कोटहरूको स्थलगत अवलोकन, पूर्वकृतिहरूको अध्ययन, जानिफकारसँगको अन्तर्वार्ताका आधारमा तथ्य संकलन गरी वर्णनात्मकरूपमा प्रस्तुत गरिएको छ । यसको स्थलगत अवलोकन गुल्मी जिल्लाको इस्मा मैदान,अर्जै पोखराबारी, अमरपुर, सेउघा, मुसिकोट लगायतमा केन्द्रित रहेको छ । सरायँनाचको ऐतिहासिकता प्राचीन मगरात संस्कृतिसँग जोडिदै चौबीसे राज्यकालबाट विशेष प्रचलनमा आएको पाइन्छ । सरायँ पहाडी जिल्लाबाट अन्यत्र विस्तार भए पनि यसको मौलिकता हराउँदै गएको छ । यो संस्कृति लोपोन्मुख हुन थालेको संकेत देखिएका छन् । यस नाचले मनोरञ्जन मात्र हैन सामाजिक एकता र मेलमिलाप बढाउन योगदान पुराएको छ । यो नाचले हाम्रो ऐतिहासिक मूल्यलाई बोकेको छ । शक्तिको उपासना, हतियार तथा औजारहरूको प्रदर्शनले विगत राज्यहरू बीचको लडाइ, विजयोत्सव, युद्धको तयारीको प्रतिबिम्बन सरायँमा हुने गरेको पाइन्छ । यस नाचले सामाजिक एकता र सहकार्यको सन्देश दिएको छ । यसले परम्परागत मूल्यमान्यता र पुर्खाको गौरवलाई उजागर गरेको छ । समय क्रममा सरायँ नाच विस्तार भएको भए पनि मौलिकता गुमाउँदै गएको, नयाँ पुस्तामा कम हस्तान्तरण भएकोले लोपोन्मुख हुने संभावना रहेको देखिएको छ । यसकारण यस अमूर्त सम्पदाको संरक्षणका लागि व्यवस्थित योजना बनाइ मौलिकता सहितको सरायँ नाच हुने स्थिति सिर्जना गर्नुपर्छ ।

Downloads

Download data is not yet available.
Abstract
12
PDF
8

Downloads

Published

2021-12-31

How to Cite

महत ल. . (2021). सराय नाचको ऐतिहासिक तथा सांस्कृतिक महŒव. Sotang, Yearly Peer Reviewed Journal, 3(3), 49–56. https://doi.org/10.3126/sotang.v3i3.53827

Issue

Section

Articles