प्रसाईका उपन्यासमा नारीअस्तित्व

Authors

  • अम्बिका अर्याल Tribhuvan University

DOI:

https://doi.org/10.3126/sotang.v4i4.57078

Keywords:

अस्तित्व, पहिचान, पितृसत्ता, नारीवाद, लैङ्गिकता

Abstract

बाँच्नु केवल हिँड्नु, चल्नु, सास फेर्नु, बोल्नु, खानु, मलमुत्र त्याग गर्नु मात्र होइन, आफू को हो र धर्तीमा रहेका अन्य प्राणीका तुलनामा आफ्नो स्थान र मूल्यप्रति सजग हुनु पनि हो । तर आधा आकाश ढाकेका नारीले एक्काइसौँ शताब्दीमा पनि दमन र थिचोमिचोलाई सहस्र स्विकार्दै जिएका छन् भने कतिपयले सहधर्मी पुरुषसमान जीवन जिउन पाउने अपेक्षामा असन्तुष्टि र आक्रोशको नारा पनि घन्काइरहेका छन् । नारी भएकै कारणले उत्पीडनमा परेर आफू मानव हुनुको अनुभूतिसमेत गर्न नपाइरहेको वर्तमान परिप्रेक्ष्यमा खुलेआम सडकमा उत्रनेको जमात त थपिँदै छ, यसका लागि दमित र अमुक नारीहरूलाई सचेत बनाउने र अन्यायका विरुद्ध बोल्न प्रेरित गर्ने सशक्त कारकका रूपमा साहित्यसिर्जनाको अतुलनीय भूमिका रहेको हुन्छ । यही भूमिकामा उभिएकी साहित्यकार इन्दिरा प्रसाईका उपन्यासमा तिनै अमुक नारीका अस्तित्व र पहिचानप्रतिको सचेत आवाज कसरी बुलन्द गरिएका छन् भन्ने सन्दर्भको पहिचानका लागि सिमोन द बुभाको अस्तित्ववादी नारीवादी चेतनालाई सैद्धान्तिक आधार मानी उनका हालसम्म प्रकाशित चारवटा उपन्यासमा प्रस्तुत नारीअस्तित्वसम्बन्धी चेतनाको निरूपण यसमा गरिएको छ । नारीका पहिचानप्रतिको चेतना र पितृसत्ताको विरोध एवम् लैङ्गिक विभेदप्रतिको विरोधका माध्यमबाट नारीअस्तित्वको खोजी गरिएका प्रसाईका उपन्यासले आफ्ना अधिकार र अस्तित्वका लडाईँमा सजग बनेर नारी आफैँ नउभिएसम्म कसैले उपहारका रूपमा नारीअस्तित्व र मूल्यको हिसाबकिताब नबुझाउने अभिप्रायलाई प्रस्तुत गरेको निष्कर्ष यस अध्ययनले निकालेको छ ।

Downloads

Download data is not yet available.
Abstract
30
PDF
46

Downloads

Published

2022-09-01

How to Cite

अर्याल अ. (2022). प्रसाईका उपन्यासमा नारीअस्तित्व . Sotang, Yearly Peer Reviewed Journal, 4(4), 1–13. https://doi.org/10.3126/sotang.v4i4.57078

Issue

Section

Articles