आमाको आकाङ्क्षा नाटकको विधातात्विक अध्ययन

Authors

  • रामप्रसाद गुरागाँई Mahendra Ratna Multiple Campus

DOI:

https://doi.org/10.3126/sotang.v4i4.57082

Keywords:

गीत, मूच्र्छा, गोजी, बोतल, राणाशासन, प्रजातन्त्र

Abstract

प्रस्तुत लेख माधव भँडारीको आमाको आकाङ्क्षा (२०३७) नाटकको विश्लेषणमा केन्द्रित छ । यो राष्ट्रप्रेममा आधारित नाटक रहेको छ । छोटा छोटा तिन अङ्कमा संरचित यस नाटकमा युगीन राजनैतिक व्यवस्थाको गुणगान गाइएको छ । नाटकमा मदनकी आमाले छोरालाई शिक्षित बनाएर देश र समाजका लागि समर्पित गरेकी छन् । त्यसै समयका तत्कालीन राजा वीरेन्द्रको राज्यभिषेकको अवसरमा यो नाटक तयार पारेको देखिन्छ । राणाशासनको अन्त्य गरेर प्रजातन्त्र ल्याउने उद्देश्य बोकेका नेपालीहरू जस्तै र जस्ता पात्रहरू नेपालमा बस्न नसकेर प्रवासमा गएर भए पनि आमूल परिवर्तन ल्याउने उद्देश्यले राजनीतिमा संलग्न भएका छन । यो नाटकले राजाको जय जयकार गाउने विषयवस्तुका साथ राजनैतिक परिवेशको चित्रण गरेको पाइन्छ । यस नाटकले पनि भँडारीलाई एक राजनैतिक नाटककारका रूपमा परिचित गराउन सफल देखिन्छ । यो नाटकको विषय परिचय हो । तत्वगत आधारमा विश्लेषण गर्न वर्णन र व्याख्यान विधिको प्रयोग गरिएको छ । यस क्रममा समस्या कथन, सामग्री सङ्कलन, कथावस्तु, चरित्रचित्रण, संवाद, देशकाल वातावरण, भाषाशैली, उद्देश्य र अभिनय गरी राजनैतिक विषयवस्तुमा आधारित नाटक भनेर निष्कर्ष निकालिएको छ । यस नाटकले तत्कालीन राजाको जयजयकार गाउने र प्रवासमा बसेर राजनीति गरेर नेपालमा प्रजातन्त्र ल्याउने प्रयत्नलाई स्पष्ट पारेको छ ।

Downloads

Download data is not yet available.
Abstract
31
PDF
30

Downloads

Published

2022-09-01

How to Cite

गुरागाँई र. (2022). आमाको आकाङ्क्षा नाटकको विधातात्विक अध्ययन. Sotang, Yearly Peer Reviewed Journal, 4(4), 49–61. https://doi.org/10.3126/sotang.v4i4.57082

Issue

Section

Articles