बैतडेली भाषाका व्यतिरेकी वर्णको पहिचान र वितरण

Authors

  • सुरेन्द्र कुमार बम

DOI:

https://doi.org/10.3126/sotang.v4i4.57087

Keywords:

वर्ण, संवर्ण, व्यतिरेकी, वितरण, मुक्त परिवर्तन

Abstract

प्रस्तुत लेख बैतडेली भाषाका व्यतिरेकी वर्णसँग सम्बन्धित रहेको छ । यसको मुख्य उद्देश्य बैतडेली भाषाका व्यतिरेकी वर्णको पहिचान गरी तिनको वितरण अवस्था पत्ता लगाउनु रहेको छ । यसमा मुख्यगरी स्थलगत अध्ययन र आंशिक रूपमा शीर्षकसँग सम्बन्धित द्वितीय सामग्रीको उपयोग गरी प्राप्त तथ्यको गुणात्मक ढाँचामा व्याख्या विश्लेषण गरिएको छ । वर्ण पहिचान र विश्लेषणका लागि व्यतिरेकी विश्लेषण र वितरणलाई मुख्य आधार मानिएको छ । बैतडेली भाषामा ६ ओटा ह्रस्व स्वर र तिनका दीर्घ रूप गरी १२ ओटा स्वर वर्ण र ३० ओटा व्यतिरेकी व्यञ्जन वर्ण रहेका छन् । तिनमा /ण्/ पदादि र /घ्, ढ्, ध्, भ्, य्, व्, ह्/ पदान्तमा वितरण नभएको देखिन्छ भने कण्ठ्य नासिक्य /ङ्/ पदादिमा सीमित अनुकरणात्मक शब्दमा मात्र र वत्स्र्य स्पर्श /ढ्/ पदमध्यमा सीमित रूपमा मात्र वितरण भएको पाइन्छ । अन्य स्वर तथा व्यञ्जन वर्णहरू पदादि, पदमध्य र पदान्तमा वितरित भएको पाइएको छ । त्यसैगरी अल्पप्राण, वत्स्र्य स्पर्शी /ड्/ पदादि र द्वित्व हुँदा पदमध्यमा वितरित भएको पाइएको छ भने अन्य अवस्थामा मूर्धन्य ताडित /ड्Þ/ मा परिवर्तित भएको पाइएको छ । त्यसैले /ड्/ र /ड्Þ/ लाई छुट्टै वर्ण नमानी क्रमशः /ड्/ वर्णको संवर्ण मान्न सकिने निष्कर्ष निकालिएको छ । खण्डेतर वर्णमा अनुनासिकता र मात्रा बैतडेली भाषामा व्यतिरेकी देखिएका छन् ।

Downloads

Download data is not yet available.
Abstract
34
PDF
33

Downloads

Published

2022-09-01

How to Cite

बम स. क. (2022). बैतडेली भाषाका व्यतिरेकी वर्णको पहिचान र वितरण. Sotang, Yearly Peer Reviewed Journal, 4(4), 125–147. https://doi.org/10.3126/sotang.v4i4.57087

Issue

Section

Articles