लाहुरी भैंसी कथामा आलोचनात्मक यथार्थवाद {Critical realism in the Lahuri buffalo story}

Authors

  • कमलादेवी Kamaladevi न्यौपाने Neupane त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, TU Palpa

Keywords:

शोषण, विभेद, यथार्थ, प्रगतिवाद, आलोचना, exploitation, differentiation, realism, Criticism, progressivism

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा रमेश विकलद्वारा लेखिएको ‘लाहुरी भैंसी’ कथालाई कथ्य विषय बनाएर त्यसमा अन्तर्निहित यथार्थको आलोचनात्मक पक्षलाई आलोचनात्मक यथार्थवादको सैद्धान्तिक आधारमा विश्लेषण गरिएको छ । ‘लाहुरी भैंसी’ कथालाई विकलको प्रतिनिधि कथा मानिन्छ । यस कथामा विकलले समाजको त्यस्तो यथार्थको प्रस्तुति गरेका छन् जो आलोच्य छ । नेपाली समाजमा सम्पन्न र सामन्तहरूले गरिब, सोझा, निमुखालाई मतिभ्रमित पारी शोषण, दमन गर्ने तथा शोषितहरूले आफूमाथि भएको शोषणको पत्तै नपाउने अवस्थाका साथै शोषकहरूको धूत्र्याईँलाई यिनका कथामा जीवन्त रूपमा प्रस्तुत गरिएको हुन्छ । ‘लाहुरी भैंसी’ कथाले नेपाली समाजको यस्तै समस्याको उठान गरेको छ । रमेश विकललाई प्रगतिवादी कथाकार भनिए पनि उनी आफ्ना कथाहरूमा मूलतः आलोचनात्मक देखिन्छन् । प्रस्तुत विश्लेष्य कथालाई समेत प्रायः समालोचकहरूले प्रगतिवादी कथा माने पनि यसमा प्रगतिवादका अभिलक्षणहरू कमजोर र आलोचनात्मक यथार्थवादका अभिलक्षणहरू सबल रूपमा देखापरेको तथ्यलाई प्रस्तुत शोध्य लेखमा विश्लेष्य विषय बनाइएको छ । यस शोध्य लेखमा आलोचनात्मक यथार्थवादको सैद्धान्तिक पर्याधार प्रस्तुत गरी ‘लाहुरी भैँसी’ कथा आलोचनात्मक यथार्थवादका सापेक्षमा केकस्तो देखिन्छ भन्ने समस्याका केन्द्रीयतामा अध्ययनलाई अगाडि बढाएर प्रस्तुत कथा आलोचनात्मक यथार्थवादको सवल प्रस्तुति रहेको कथा हो भन्ने पुष्टि गरी निष्कर्ष निकालिएको छ ।

 

Abstract
296
PDF
1

Author Biography

कमलादेवी Kamaladevi न्यौपाने Neupane, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, TU Palpa

Teaching Assistant

Downloads

Published

2023-03-27

How to Cite

न्यौपाने Neupane क. K. (2023). लाहुरी भैंसी कथामा आलोचनात्मक यथार्थवाद {Critical realism in the Lahuri buffalo story}. Tribhuvan Journal, 1(1), 1-7. https://doi.org/10.3126/tribj.v1i1.53587

Issue

Section

Articles

How to Cite

न्यौपाने Neupane क. K. (2023). लाहुरी भैंसी कथामा आलोचनात्मक यथार्थवाद {Critical realism in the Lahuri buffalo story}. Tribhuvan Journal, 1(1), 1-7. https://doi.org/10.3126/tribj.v1i1.53587