अर्को क्षितिजको खोज कथामा विश्वदृष्टि {A worldview in the story of the discovery of another horizon}

Authors

  • जीवनाथ Jivanath तिवारी Tiwari त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, TU Palpa

DOI:

https://doi.org/10.3126/tribj.v1i1.53588

Keywords:

वेदना, सम्पति, पुस्ता, परिवार, विश्वदृष्टि, Vedana, sampati, pusta, pariwar, bishwadrishti

Abstract

भागीरथी श्रेष्ठद्वारा लिखित विभ्रम कथासङ्ग्रहमा सङ्गृहीत अर्को क्षितिजको खोज कथा पारिवारिक विषयवस्तुमा केन्द्रित रहेको देखिन्छ । प्रस्तुत कथामा अभिभावक अर्थात् मातृपितृ वर्गको पुरानो पुस्ता र तिनका सन्ततिहरूको नवीन पुस्ता गरी दुईवटा पुस्ता विश्वदृष्टिका केन्द्र बनेका छन् । यस खालका पुराना र नयाँखालका पुस्ताले जीवनजगत्का बारेमा भिन्न भिन्न विश्वदृष्टिको विकास गरेका छन् । सन्ततिहरूलाई अटुट माया गर्ने, उनीहरूको शिक्षादीक्षामा विशेष चासो राख्ने, गरगहना बेचेर दुःख कष्ट सहेर भए पनि आफ्ना सन्ततिहरूको उज्वल भविष्यको लागि सधै चिन्तित रहने पुरानो पुस्तामा विकसित आशावादी विश्वदृष्टि र नवीन पुस्तामा विकसित अभिभावकहरूलाई तिरस्कार अपमान तथा घृणा गर्ने एकल परिवारमा रमाउने चरम पुँजीवादका कारण विकसित हुँदै गइरहेको विमा नवीकरणको विश्वदृष्टि विकसित भएको पाइन्छ । नवीन पुस्तास्वार्थ प्रेरित ढङ्गले अगाडि बढ्दै गएको छ । शिक्षित सहरिया सम्पन्न परिवारमा एकल परिवारको अवधारणा विकसित हुँदै गइरहेको छ । सहरिया सम्पन्नताले मानवता, मानवीय धर्म र कर्तव्य पातलिँदै गएको छ । यसरी विकसित विश्वदृष्टिले संरचनाको समान धर्मितासमेत कायम गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
24

Author Biography

जीवनाथ Jivanath तिवारी Tiwari, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, TU Palpa

Assistant Lecturer

Downloads

Published

2023-03-27

How to Cite

तिवारी Tiwari ज. J. (2023). अर्को क्षितिजको खोज कथामा विश्वदृष्टि {A worldview in the story of the discovery of another horizon}. Tribhuvan Journal, 1(1), 8–16. https://doi.org/10.3126/tribj.v1i1.53588

Issue

Section

Articles