समकालीन नेताहरूसंग मनमोहन अधिकारीको सम्बन्ध Samakalin Netaharusanga Man Mohan Adhikariko Sambandha
DOI:
https://doi.org/10.3126/tuj.v30i2.25567Keywords:
Political leader, Man Mohan Adhikari, Communist movement, Responsibility, राजनीतिक नेता, कम्युनिष्ट आन्दोलनAbstract
मनमोहन अधिकारीको जीवनका झण्डै छ दशक राजनीतिमा वितेको थियो । उनी नेपालको पहिलो कम्युनिस्ट थिए भने राजनीतिक जीवनको सुरुवात पनि कम्युनिस्ट पार्टीबाटै भएको थियो । उनको राजनीतिक जीवनको त्यो क्रममा तीन पुस्ताका नेतासँग सम्बध रहन गएको थियो । कम्युनिस्ट पार्टीमा रहेर काम गरेका धेरै नेताहरूसँग मेल– वेमेलको अवस्था रहेको थियो । पुष्पलालसँग मेलभन्दा वेमेल नै बढी रह्यो भने कालान्तरमा उनले नेतृत्व गरेको पार्टी सम्हाल्ने अभिभारा मनमोहन अधिकारीमा नै आएको थियो । तुलसीलाल अमात्य पनि जीवनको उत्तरार्धमा उनीसँगै काम गर्न आइपुगेका थिए । मनमोहन अधिकारीलाई शीर्षस्थ स्थानमा राखेर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने गरी मदन भण्डारीले सम्बन्ध राखेका थिए, तर त्यो सम्बन्ध लामो समयसम्म कायम रहन नसकेको विषयवस्तुमा अध्ययन केन्द्रित रहेको छ ।
Downloads
183
936
Downloads
Published
How to Cite
Issue
Section
License
© Center for Research, Tribhuvan University