प्रेतकल्प उपन्यासमा शाब्दिक साहचर्यको उपयोग {The Use of Literal Association in the Novel Pretakalpa}

Authors

  • राजेन्द्र Rajendra खनाल Khanal Tribhuvan University

DOI:

https://doi.org/10.3126/bns.v26i1.61446

Keywords:

क्रिया पदावली {verb phrases}, विन्यासक्रमिक {configurative}, सन्निधान {conjunctive}, साहचर्यात्मक {associative}, साहचर्यात्मक सम्बन्ध {associative relationship}

Abstract

प्रस्तुत लेखको मुख्य उद्देश्य प्रेतकल्प उपन्यासमा प्रयुक्त क्रिया पदावलीको साहचर्यात्मक दृष्टिले विश्लेषण गर्नु हो । यस लेखमा साहचर्यात्मक सिद्धान्तको परिचय दिई यसका विविध आयामसहित क्रिया पदावलीका संरचनागत स्वरूपको उदाहरणसहित व्याख्या गर्दै विश्लेष्य उपन्यासमा रहेका क्रिया पदावलीको उदाहरणसहित विश्लेषण गरिएको छ । पुस्तकालयीय अध्ययन कार्यबाट तथ्य सङ्कलन गरी प्रेतकल्प उपन्यासलाई प्राथमिक स्रोत तथा साहचर्यात्मक सिद्धान्तसँग सम्बद्ध विभिन्न सैद्धान्तिक ग्रन्थलाई द्वितीयक स्रोत सामग्रीका रूपमा लिइएको यस लेखमा आलोचनात्मक व्याख्या विधिको उपयोग गरिएको छ । खास शब्द अर्को खास शब्दसँग सन्दर्भअनुसार विन्यासव्रmमिक रूपमा साहचर्य बनी संयोजित ढाँचामा उपस्थित भई अर्थ प्रकट हुने भाषिक संरचना नै साहचर्य मानिएकाले विश्लेष्य उपन्यासमा यस्ता साहचर्यपूर्ण पदावलीको आधिक्य रहेको देखिन्छ । अध्ययनबाट क्रियासँग सम्बन्धित साहचर्यात्मक पदावलीहरूमा नाम + क्रियाको सहछनोटबाट बनेका पदावलीको आधिक्य रहेको तथ्य प्राप्त भएको छ । यस्ता पदावलीहरू प्रायः सामान्य प्रयोग प्रचलनमा आधारित एवम् सरल र सार्थक छन् । नाम + क्रिया, विशेषण + क्रिया एवम् क्रियाविशेषण + क्रियासँग सहप्रयोगमा आएका साहचर्यात्मक पदावलीहरूले प्रस्तुत उपन्यासको भाषिक पक्ष स्वाभाविक, सशक्त र सार्थक बनाएका छन् । शब्द शब्दका बिच हुने साहचर्यात्मक प्रयोगसँग सम्बद्ध भाषिक संरचना पहिल्याउन, अर्थ प्रकटनमा त्यस्ता सहप्रयोगको स्थिति पहिचान एवम् विश्लेषणका लागि शैक्षणिक सन्दर्भमा उपयोग गर्न सकिन्छ । त्यस्तै, सन्दर्भ र प्रकार्यअनुसारका हुने शब्दका आर्थी भूमिकाको विश्लेषणका लागि पनि यस अध्ययनको उपादेयता देखिन्छ ।

{The main purpose of the article is to analyze the verb phrases used in the novel 'Pretakalpa' from an associative point of view. In this article, the structural form of verb phrases has been analyzed with examples by introducing the associative theory and its various dimensions. In this article, the critical interpretation method has been used by collecting facts from library studies and taking the novel 'Pretakalpa' as the primary source and various theoretical texts related to social theory as secondary source materials. It seems that there is an excess of such associative vocabulary to the analyzed novel because the linguistic structure in which a special word is present in combined patterns, and the meaning is revealed, hence it is considered as an association, according to the context. From the study, it has been found that there is an excess of vocabulary made from noun + verb combination in the associative vocabulary related to verbs. Such phrases are mostly based on common usage and are simple and meaningful. The associative phrases used together with noun + verb, adjective + verb and adverb + verb patterns have made the linguistic aspect of the present novel natural, strong and meaningful. It can be used in the educational context to find the linguistic structure associated with the associative use between words, to identify and analyze the position of such uses in the expression of meaning. Similarly, the usefulness of this study is also seen for the analysis of the semantic role of words according to the context and function.}

Downloads

Download data is not yet available.
Abstract
30
PDF
26

Author Biography

राजेन्द्र Rajendra खनाल Khanal, Tribhuvan University

Central Departments of Education

Downloads

Published

2022-12-31

How to Cite

खनाल Khanal र. R. (2022). प्रेतकल्प उपन्यासमा शाब्दिक साहचर्यको उपयोग {The Use of Literal Association in the Novel Pretakalpa}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 26(1), 47–56. https://doi.org/10.3126/bns.v26i1.61446

Issue

Section

Articles