कक्षा दशकाे नेपाली पाठ्यपुस्तकमा समावेशिता Inclusion in Grade 10 Nepali Textbook
DOI:
https://doi.org/10.3126/bns.v28i1.76208Keywords:
भाषा, लैङ्गिकता, विषयवस्तु, संस्कृति, समावेशिताAbstract
विद्यार्थीहरूमा भाषिक सिप विकास तथा विषयवस्तुप्रति धारणा निर्माण गर्न पाठयपुस्तक महत्त्वपूर्ण सामग्रीका रूपमा रहेको हुन्छ । प्रस्तुत अध्ययन कक्षा दशको पाठ्यपुस्तकमा समावेशिता शीर्षकमा आधारित छ । कक्षा दशको भाषा पाठ्यपुस्तक नेपाली (२०८०) को विषयवस्तुलाई समावेशिताका दृष्टिले अध्ययन विश्लेषण गर्नु र त्यसप्रति भाषा शिक्षकको दृष्टिकोण पहिल्याउनु यस अध्ययनको उद्देश्य रहेको छ । गुणात्मक ढाँचामा रहेको यस अध्ययनमा व्याख्यात्मक विधिलाई आधार बनाइएको छ । पाठ्यपुस्तकमा समाविष्ट विषयवस्तुको अध्ययनका लागि प्राथमिक सामग्री सङ्कलनको मुख्य स्रोतका रूपमा नेपाली पाठ्यपुस्तक कक्षा दश (२०८०) र उक्त पाठ्यपुस्तकप्रति भाषाशिक्षकको दृष्टिकोण समेतलाई अध्ययनमा समेट्नका लागि प्रतिनिधिमूलक ढङ्गले आठजना भाषा शिक्षकका अनुभवलाई अन्तर्वार्ताका माध्यमबाट अध्ययनमा समावेश गरिएको छ । पाठ्यपुस्तकमा जातिगत, धर्म संस्कृतिगत, भाषागत, पात्रगत, चित्रगत, अभ्यासगत तथा अन्तरसांस्कृतिक घुलनशीलताका दृष्टिले समावेशिताको अध्ययन गर्दा साहित्यिक तथा साहित्येतर विधामध्ये कथा र एकाङ्कीका पाठमा समावेशितालाई आत्मसात गरेको देखिँदैन । पाठ्यपुस्तक लेखकद्वारा तयार पारिएका सामग्रीहरूमा लैङ्गिक, जातिगत समावेशितालाई सम्बोधन गरेको देखिन्छ । विवेच्य पाठ्यपुस्तकले हिन्दु धर्म र संस्कृति तथा पुरुषसत्तात्मक समाजलाई बढी मात्रामा केन्द्रीकृत गरेको छ । पाठमा राखिएका चित्रहरूका माध्यमबाट समावेशितालाई अवलम्बन गर्न खोज्दा पाठभन्दा भिन्न धारणा सङ्केत गरेको देखिन्छ । मूलपाठका तुलनामा अभ्यास खण्डमा समावेशी अवधारणालाई आत्मसात गरेको देखिन्छ ।
Textbooks are important materials for developing language skills and building understanding of the subject matter in students. The present study is based on the topic of inclusiveness in the Nepali textbook of class 10. The objective of this study is to analyze the content of the Nepali textbook from the perspective of inclusiveness and to find out language teachers’ views on it. This study, which builds on a qualitative design, is based on the descriptive method. The currently implimented Nepali textbook of class 10 as the main source of primary information collection for the study of the contents included in the textbook and the experiences of eight language teachers in a representative manner have been included in the study through interviews in order to include the perspective of the teachers towards the textbook . When studying inclusivity in the textbook in terms of ethnicity, religion, culture, language, character, image, practice, and intercultural solubility, it is not seen that, of the literary and non-literary genres, inclusivity has been assimilated in the stories and the one-act plays . It is seen that gender and caste inclusivity are addressed in the contents prepared by the textbook author. The textbook has centralized itself at Hindu religion and culture and patriarchal society to a greater extent. When trying to adopt inclusivity through the images included in the text, they seem to indicate a different concepts than the text. Compared to the main text, the concept of inclusion is assimilated in the practice section.
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.