देख्ने, सुन्ने र बुझ्ने अनुभवमार्फत् सिकाइको रूपान्तरण: विश्वविद्यालय सहप्राध्यापकको अटोएथ्नोग्राफी
DOI:
https://doi.org/10.3126/ilam.v22i1.94402Keywords:
शिक्षण सिकाइ, संस्मरण, संवाद, शिक्षण सिकाइ अनुभव, शिक्षक–विद्यार्थी सम्बन्ध, पहिचानAbstract
शक्षण सिकाइका बारेमा प्राचीन कालदेखि निरन्तर बहस र छलफल भइरहेका छन् । प्रभावकारी शिक्षण कस्तो हुनु पर्छ भन्ने विषयमा शिक्षाविद्हरूको एकमत छैन । यसै सन्दर्भमा यस अध्ययनको मुख्य उद्देश्य शिक्षण सिकाइ प्रक्रियामा भएको रूपान्तरणलाई अटोएथ्नोग्राफीको माध्यमबाट विश्लेषण गर्नु रहेको छ । यसले शिक्षण सिकाइ प्रक्रियामा नविनतम चिन्तनको सिर्जना गर्ने छ । मैले आफू शिक्षक हुँदा प्राप्त गरेका शिक्षण अनुभवहरू र विद्यार्थी जीवनमा अनुभव गरेका सिकाइका पलहरूलाई अटोएथ्नोग्राफी विधिमार्फत विश्लेषणात्मक रूपमा प्रस्तुत गरेको छु । मैले आफ्ना व्यक्तिगत अनुभवहरूलाई आधार बनाएर यो अनुसन्धानात्मक लेख तयार पार्ने क्रममा म किन यस्तो खालको शिक्षक बनेँ ? र अहिले म किन यस्तो शिक्षक भएको छु ? जस्ता प्रश्नहरूको उत्तर खोजेको छु । यी प्रश्नहरूको उत्तर खोज्ने क्रममा म आफ्नो बाल्यकाल र विद्यालयीय जीवनका सम्झनाहरूतिर फर्किएको छु । त्यस समयमा मलाई पढाउने शिक्षकहरू र मसँग पढ्ने साथीहरूलाई सम्झिएको छु । ती अनुभव र मेरा महान शिक्षकहरूसँग भएका संवादहरू मेरा लागि सबैभन्दा प्रिय सम्झनाका पलहरू बनेका छन् । मैले ती अनुभवहरूलाई स–साना कथाहरूको रूपमा लेखेको छु । जब म ती सम्झनातिर फर्कन्छु, तब मलाई महसुस हुन्छ कि राम्रो शिक्षक बन्न विद्यार्थीहरूसँग आत्मीय सम्बन्ध हुनु अत्यन्त जरूरी छ । म क्याम्पसमा सहप्राध्यापक भइसकेपछिका स्मरणतिर पनि फर्किएको छु । यी स्मरणहरूले पनि शिक्षक र विद्यार्थीहरू बिच विन्रम, प्रेमपूर्ण, विश्वासिलो, सम्माजनक र प्रजातान्त्रिक बहस भइरहनु जरूरी भएको तथ्य स्पष्ट गरेका छन् । यस लेखले मलाई यस्तो शिक्षण अभ्यासतर्फ डो¥याएको छ जहाँ शिक्षक र विद्यार्थीबिच आत्मीय, सुझबुझपूर्ण र चेतनशील सम्बन्ध हुन जरूरी छ । शिक्षण सिकाइ पद्धति जहिले पनि मानवताको जगमा उभिएको हुनुपर्छ । यस्तो शिक्षण सिकाइमा शिक्षकले विद्यार्थीलाई देख्नु पर्छ, सुन्नु पर्छ, र बुझ्नुपर्छ । मैले यो शिक्षण सिकाइ पद्धति आफैंमा अनुभव गरेँ, आत्मसात गरेँ, र अभ्यास समेत गरे । यसले मलाई मेरो शिक्षक र विद्यार्थीको नयाँ पहिचान निर्माण गर्न मद्दत गरेको छ ।