निर्बन्ध उपन्यासको नारीवादी अध्ययन {Feminist Studies of the Essay Novel}

Authors

  • कल्पना Kalpana लुइटेल Luitel सरस्वती बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय Saraswati Multiple Campus, TU

Keywords:

सांस्कृतिक अधिकार, यौन तथा प्रजनन अधिकार, आधारभूत मानवाधिकार, जातीय सन्दर्भ

Abstract

प्रस्तुत अध्ययन  निर्बन्ध उपन्यासको नारीवादी अध्ययनमा केन्द्रित रहेको छ । यस अध्ययनका लागि नारीवादी समालोचनका क्षेत्रमा प्रचलित कृतिभित्र पुरुष पात्रले नारीलाई हेर्ने दृष्टिकोण, नारीप्रतिको लेखकीय दृष्टिकोण, कृतिमा नारीले प्राप्त गरेको सामाजिक अधिकार, आर्थिक अधिकार, नागरिक तथा राजनीतिक अधिकार, सांस्कृतिक अधिकार, यौन तथा प्रजननअधिकारका साथै उपन्यासको कालगत, वर्गीय र उपन्यासको जातीय सन्दर्भको अध्ययन गरिएको छ । उपन्यासको प्रमुख पुरुष पात्रलाई परिवर्तन गर्न सफल हुनाले म पात्र नारीवादी दृष्टिले सबल देखियो भने अन्य पात्रहरू नारीवादी दृष्टिले दुर्बल पाइयो । आधारभूत मानवाधिकारका दृष्टिले हेर्दा म पात्रले सामाजिक अधिकार उपयोग गरेको पाइयो तर त्यो अधिकारको उपयोग नारीको सवाललाई सामाजिक परिवर्तनका रूपमा एकीकृत गरी उठाउन सकेको पाइएन । उपन्यासमा नायिकाकोआर्थिक र राजनीतिक स्वतन्त्रता छ तर अन्य पात्रले सो स्वतन्त्रता प्राप्त गर्न सकेका छैनन् । नायिका स्वतन्त्र यौन एवम्प्रजनन सम्बन्धी विशेष अधिकारप्रति सचेत देखिएको पाइएन । निर्बन्ध उपन्यासमा कालगत, वर्गीय र जातीय सन्दर्भ मध्ये कालगत दृष्टिले   नारीवाद सबल देखिए पनि वर्गीय र जातीय दृष्टिले कमजोर देखियो । नायिकाले परापूर्वकालदेखि चलिआएको धर्म, संस्कृतिका कारण नारीमाथि गरिएको हिंसा विरुद्धको आफ्नो विद्रोह उत्तराद्र्धमा कमजोर बनाएको पाइएकाले यस उपन्यासमा नारीवादी विचारमा ठेस पुगेको देखियो ।

Abstract
204
PDF
0

Downloads

Published

2020-12-31

How to Cite

लुइटेल Luitel क. K. (2020). निर्बन्ध उपन्यासको नारीवादी अध्ययन {Feminist Studies of the Essay Novel}. Journal of Development Review, 5(1), 97-106. https://doi.org/10.3126/jdr.v5i1.51288

Issue

Section

Articles

How to Cite

लुइटेल Luitel क. K. (2020). निर्बन्ध उपन्यासको नारीवादी अध्ययन {Feminist Studies of the Essay Novel}. Journal of Development Review, 5(1), 97-106. https://doi.org/10.3126/jdr.v5i1.51288