बासी वर्तमान कवितामा अभिव्यञ्जित ध्वनि

Authors

  • मुक्तराज उपाध्याय

Keywords:

वाच्यार्थ, प्रतीयमान अर्थ, व्यञ्जना, स्फोट, सहृदयश्लाघ्य, लावण्य, सङ्कथन, सङ्घटक

Abstract

ध्वनिवाद पूर्वीय संस्कृत काव्यशास्त्रीय चिन्तन परम्परामा नवौँ शताब्दीका आचार्य आनन्दवद्र्धनद्वारा प्रवर्तित एवं अभिनव गुप्त, मम्मट आदि काव्यचिन्तकहरूद्वारा विकसित व्यञ्जना शक्तिका केन्द्रीयतामा साहित्य सौन्दर्यको विवेचना गर्ने एक महत्वपूर्ण सिद्धान्त हो । ध्वनिवादले आफ्नो मूल स्रोत व्याकरणशास्त्रलाई मानेको छ । ध्वनिबाट स्फोट र नित्य स्फोटबाट अर्थ द्योतन भएजस्तै साहित्यमा पनि ध्वनिबाट नै अर्थ व्यक्त हुन्छ भन्ने कुरालाई यस सिद्धान्तले स्वीकार गर्दछ । काव्य वा साहित्यमा वाच्यार्थभन्दा प्रतीयमान वा व्यङ्ग्यार्थबाट अभिव्यञ्जित ध्वन्यार्थलाई यसले विशेष महत्व दिएको छ । प्रस्तुत अध्ययनमा व्यङ्ग्यार्थका केन्द्रीयतामा साहित्य सौन्दर्यको विवेचना गर्ने ध्वनि सिद्धान्तलाई आधार बनाई दिनेश अधिकारीद्वारा रचित ‘बासी वर्तमान’ शीर्षक कविताको विश्लेषण गरिएको छ । यस सन्दर्भमा ध्वनिशास्त्रको सैद्धान्तिक अवधारणामाथि सामान्य सर्वेक्षण गर्दै कविताको शीर्षकीय सन्दर्भ, विशिष्ट पद, पदावली, वाक्य र समग्र सङ्कथनबाट अभिव्यञ्जित ध्वनिलाई अलग अलग उपशीर्षकहरूमा विश्लेषण गरी वस्तुगत, प्रामाणिक एवं प्राज्ञिक निष्कर्ष निकालिएको छ ।

Abstract
105
PDF
0

Downloads

Published

2021-01-30

How to Cite

उपाध्याय म. (2021). बासी वर्तमान कवितामा अभिव्यञ्जित ध्वनि. Journal of Development Review, 6(01), 110-118. https://doi.org/10.3126/jdr.v6i01.66949

Issue

Section

Articles

How to Cite

उपाध्याय म. (2021). बासी वर्तमान कवितामा अभिव्यञ्जित ध्वनि. Journal of Development Review, 6(01), 110-118. https://doi.org/10.3126/jdr.v6i01.66949