“केही आत्मपरक निबन्धहरू”को वैचारिक धरातल

Authors

  • विष्णु न्यौपाने

Keywords:

आत्मसम्मान, इतिहासबोध, क्रान्तिचेत, जीवनदर्शन, सार्वभौमिकता

Abstract

‘केही आत्मपरक निबन्धहरू’को वैचारिक धरातल शीर्षकको प्रस्तुत अनुसन्धानात्मक लेख बहुमुखी साहित्य स्रष्टा आनन्ददेव भट्टको वि.सं. २०४९ सालमा साझा प्रकाशनद्वारा प्रकाशित ‘केही आत्मपरक निबन्धहरू’ निबन्धसङ्ग्रहमा सङ्गृहीत निबन्धहरूको वैचारिक धरातलको विश्लेषणमा केन्द्रित रहेको छ । यस क्रममा प्रथमतः साहित्यमा निबन्धको स्थान, यसको आरम्भ र यसका वैशिष्ट्यलाई सङ्केत गरी विवेच्य सङ्ग्रहका सबै निबन्धको वस्तु, कथ्य र शिल्पका आधारमा विवेचना गरी ती निबन्धहरूको वैचारिक धरातलको निरुपण गरिएको छ । पाठगत तथ्यलाई प्रमुख प्रमाण मानी, तिनैलाई तथ्यका रूपमा प्रस्तुत गरी विषयको समीक्षा गरिएको छ । यस लेखमा निबन्धलाई व्यष्टि र समष्टिपरक अन्तरङ्ग विश्लेषण गरी अन्त्यमा निष्कर्ष प्रस्तुत गरिएको छ । भट्टका निबन्धले विषयगत विविधताभित्र राष्ट्रियता, स्वदेशप्रेम, सामाजिक विभेदको अन्त्य, समतामूलक समाजको परिकल्पना, क्रान्तिचेत, जीवनदर्शन, नैतिक शिक्षा, इतिहासबोध, जीवनोपयोगी शिक्षा, आध्यात्मिक विचार, राजनीतिक आस्था, सामाजिक विकृति र विसङ्गतिप्रति प्रहार जस्ता विचारहरू व्यक्त गरेका छन् साथै विवेच्य सङ्ग्रहका निबन्ध मूलतः समकालीन आममानसमा उत्पन्न क्रान्तिचेतस“ग सम्बन्धित छन् र ती निबन्धकारका निजीभाव वा दृष्टिको सघनताद्वारा बु“निएका हु“दा निकै महत्वका बन्न पुगेका छन् भन्ने निचोड निकालिएको छ ।

Abstract
116
PDF
0

Downloads

Published

2021-01-30

How to Cite

न्यौपाने व. (2021). “केही आत्मपरक निबन्धहरू”को वैचारिक धरातल . Journal of Development Review, 6(01), 119-130. https://doi.org/10.3126/jdr.v6i01.66950

Issue

Section

Articles

How to Cite

न्यौपाने व. (2021). “केही आत्मपरक निबन्धहरू”को वैचारिक धरातल . Journal of Development Review, 6(01), 119-130. https://doi.org/10.3126/jdr.v6i01.66950