सिर्जनात्मक लेखनका प्रकिया र चरणहरू

Authors

DOI:

https://doi.org/10.3126/jdr.v11i1.95166

Keywords:

चरण, परिमार्जन, प्रक्रिया, प्रवाह, स्फूर

Abstract

प्रस्तुत आलेख सिर्जनात्मक लेखनका प्रक्रिया र चरणहरूमा केन्द्रित भई तयार पारिएको गुणात्मक विधिमा आधारित प्राज्ञिक अनुसन्धान हो । यसमा सामग्री सङ्कलनका लागि पुस्तकालय विधिको प्रयोग गरिएको छ । यस आलेखको उद्देश्य सिर्जनात्मक लेखनका प्रक्रिया र चरणको सैद्धान्तिक विमर्श गर्नु रहेको छ । सिर्जनात्मक लेखन मानवीय जीवनजगत्‌का अनुभवलाई कलात्मक भाषाका माध्यमबाट निश्चित प्रक्रिया पूरा गरी चरणबद्ध रूपमा अभिव्यक्त गर्ने कलात्मक नवीन लेखन हो । कृति रचना गर्ने व्यवस्थित, क्रमबद्ध र शृङ्खलाबद्ध कार्य प्रक्रिया हो भने एउटा कार्य सम्पन्न गरेपछि अर्को कार्य गर्नु त्यसको चरण हो । विधा, विषय, विचार, भाव, संरचना, शैलीको सुनिश्चित चयन, सामग्री सङ्कलन जस्ता कार्य सिर्जनात्मक लेखनका प्रमुख प्रक्रिया हुन् भने शीर्षकीकरण, तयारी, योजना, स्फूरण, प्रारम्भ, प्रवाह तथा विचार, अनुभूति र इन्द्रियबोधलाई भाषिक युक्तिसँग सम्मिलन प्रमुख चरण हुन् । एउटा पूर्ण कृति रचनाका लागि सबै प्रक्रिया र चरणहरूको पहिचान गरी तिनको परिपालना गर्नु आवश्यक हुन्छ । यस अनुसन्धानमा सिर्जनात्मक लेखनका यिनै प्रक्रिया र चरणहरूको सैद्धान्तिक विश्लेषण गर्दै सबै प्रक्रिया र चरणको पूर्ण पालना गरी प्रकाशन गर्दा पूर्ण, साकार, सुन्दर र सफल कृतिको रचना हुन्छ भन्ने निष्कर्षमा पुगिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
7
PDF
6

Downloads

Published

2026-05-30

How to Cite

बालकृष्ण शर्मा. (2026). सिर्जनात्मक लेखनका प्रकिया र चरणहरू. Journal of Development Review, 11(1), 188–203. https://doi.org/10.3126/jdr.v11i1.95166

Issue

Section

Articles