बैरागी काइ“लाका कविताहरूमा तेस्रो आयाम

Authors

DOI:

https://doi.org/10.3126/jdr.v11i1.95174

Keywords:

क्लिष्टता, तात्क्षणिकता, बौद्धिकता, शच्झयखभ क्लिष्टता, तात्क्षणिकता, बौद्धिकता,

Abstract

पूर्वीय साहित्यमा प्राचीन समयदेखि प्रचलित काव्यले आजको अवस्थासम्म यात्रा गर्दा विविध वाद र प्रयोगहरूबाट हुर्कदैँ, पृष्ठपोष र विकसित हुँदै झाङ्गिँदै गरेको अवस्था छ । यसै क्रममा वि.स.२०२० सालमा दार्जिलिङबाट आरम्भ भएकोे तेस्रो आयामेली आन्दोलन एक नवीन वै चारिक लेखनको रूपमा स्थापित हुन सफल भएको छ । यसै आन्दोलनका त्र्यप्रवर्तकमध्ये यस लेखमा कवि बैरागी काइँलाका कविताको अध्ययन र विश्लेषण गर्दै तेस्रो आयामेली ले खनको मूल मान्यतामाथि प्रकाश पार्ने काम गरिएको छ । हुन त बैरागी काइँलाको सम्पादनमा सन् १९६३ देखि तेस्रो आयाम पत्रिका प्रकाशित भएको थियो । यो तेस्रो आयामेली आन्दो लनको मुखपत्र पनि थियो । आयामेली चिन्तनलाई कवि बैरागी काइँलाले आफ्‌ना कवितामा उत्कृष्ट व्यावहारिक रूप दिएका छन् भन्ने तथ्य पुष्टि गर्नु नै यस लेखको उद्देश्य हो । यस कुराको अध्ययन गर्न यस लेखमा निगमनात्मक शोधविधिको प्रयोग गरिएको छ । तेस्रो आयामेली सिद्धान्तलाई अगाडि सारेर त्यसबाट निश्चित उपकरणको निर्माण गरिएको छ । आवश्यताअनुसार प्राथमिक र द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरिएको छ । यस क्रममा बैरागी काइँलाका कविताहरूलाई प्राथमिक स्रोत र त्यससम्बन्धी लेखिएका समीक्षा, समालो चनालाई द्वितीयक स्रोतका सामग्रीका रूपमा सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीलाई व्याख्यात्मक ढङ्गले विश्लेषण गर्दै त्यसलाई विभिन्न शीर्षक र उपशीर्षकमा व्यवस्थापन गरि एको छ । २०२० सालयताका आयामिकतातर्फ उन्मुख कविताहरू र २०२३ सालपछिका आयामिकता वरण गरिएका कविताहरूमा आयामेली लेखनमा मूल मान्यतालाई उत्कृष्ट रूपमा कार्यान्वयन गरिएको छ भन्ने कुरा नै प्रस्तुत लेखको मूल निचोड हो ।

Downloads

Download data is not yet available.
Abstract
4
PDF
5

Downloads

Published

2026-05-30

How to Cite

Singh, D. B., & डा. कान्छी महर्जन. (2026). बैरागी काइ“लाका कविताहरूमा तेस्रो आयाम. Journal of Development Review, 11(1), 217–225. https://doi.org/10.3126/jdr.v11i1.95174

Issue

Section

Articles