दिप्रुङ चुइचुम्मा गाउ“पालिका ३ खोटाङमा आन्तरिक बसाइ“सराइका कारणहरु

Authors

  • सविता बस्नेत

DOI:

https://doi.org/10.3126/jdr.v11i1.95187

Keywords:

आन्तरिक बसाइँसराइ ग्रामीण–शहरी, आकर्षक–विकर्षक कारक, रोजगार शिक्षा स्वास्थ्य भौगोलिक विकटता सामाजिक सञ्जाल ।

Abstract

बसाइँसराइ जनसांख्यिकीय परिवर्तनको महत्वपूर्ण प्रक्रिया हो । जसले जनसंख्याको आकार र वितरणमा परिवर्तन ल्याउँछ । यसले उद्गम र गन्तब्य दूवै स्थलको सामाजिक आर्थिक तथा सास्कृतिक संरचनामा प्रभाव पार्दछ । प्रस्तुत अध्ययनले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा बसाइँसराइको अवास्था के कस्तो रहेको छ भन्ने विषयलाई मुख्य समस्या बनाई विश्लेषण द्वारा यसको समाधान गर्ने उदेश्य लिएको छ । यस अनुसन्धानमा एभरेट एस. लीको पुष–पुल सिद्धान्त र ई.जी. रेभेनस्टाइनको बसाइँसराइका नियमहरू साथै मेसी र उनका सहकर्मी (१९९३) द्वारा प्रतिपादन गरिएको सामाजिक सञ्जाल सिद्धान्तलाई सैद्धान्तिक आधार मानी गुणात्मक अनुसन्धान विधिमा आधारित रहि अध्ययन क्षेत्रमा रहेका ४६२ घरधुरीमध्ये बसाइँ सरेका ८० घरधुरीलाई नमुनाको रुपमा चयन गरिएको छ । तथ्याङ्क संकलनका लागि प्राथमिक र द्वितीयक स्रोतबाट सामग्री संकलन गरिएको छ । विश्लेषणका क्रममा बसाइँसराइका धकेल्ने कारकहरुमा रोजगारका अवसरको अभाव, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको कमी, भौगोलिक विकटता, तथा पूर्वाधारको अभाव, आर्थिक राजनैतिक तथा सामाजिक कारकहरू प्रमुख रहेका छन् भने आकर्षण कारकहरूमा तराई तथा सहरी क्षेत्रमा पाइने रोजगारी, शिक्षा, स्वास्थ्य, यातायात सुविधा, र सामाजिक सञ्जालका आधारमा विश्लेषण गरी निष्कर्षमा पुगिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
12
PDF
10

Downloads

Published

2026-05-30

How to Cite

सविता बस्नेत. (2026). दिप्रुङ चुइचुम्मा गाउ“पालिका ३ खोटाङमा आन्तरिक बसाइ“सराइका कारणहरु. Journal of Development Review, 11(1), 226–244. https://doi.org/10.3126/jdr.v11i1.95187

Issue

Section

Articles