गुल्मी जिल्लामा प्रचलित ‘राजकुमारकी श्रीमती’ लोककथामा पारिस्थितिक प्रणाली
DOI:
https://doi.org/10.3126/jdr.v11i1.95190Keywords:
अस्तित्व, खाद्यचक्र, थल, नभ, मासांहार, वासस्थान, स्थानगत ।Abstract
गुल्मी जिल्लामा प्रचलित ॅराजकुमारकी श्रीमती’ लोककथाको पारिस्थितिक प्रणालीको अध्ययन यो लेखमा गरिएको छ । त्यसैले पारिस्थितिक प्रणालीसम्बन्धी समस्याको समाधान गर्नु यो लेखको उद्देश्य रहेको छ । त्यो उद्देश्य प्राप्तिका लागि क्षेत्रकार्यका माध्यमबाट वाचित लिखित रूपमा सङ्कलन गरिएको प्राथमिक सामग्रीको विश्लेषण पर्यावरणीय समालोचनाको पारिस्थितिक प्रणालीसम्बन्धी सिद्धान्तका आधारमा गरिएको छ । लोककथामा राजकुमार, उसकी श्रीमती र चमारेकी छोरीबिचमा पनि अन्तर्सम्बन्ध रहेको छ भने काग र स्यालको पनि मानवसँग अन्तर्सम्बन्ध रहेको पाइन्छ । लोककथाको कथानक राजकुमारबाट सुरु भई राजकुमारमै आएर टुङ्गिएको छ । यस्तो अन्तर्सम्बन्धले पारिस्थितिक प्रणालीलाई गतिशील तुल्याएको छ । यो लोककथामा शक्तिको रूपान्तरण माटोबाट वनस्पतिमा, वनस्पतिबाट मान्छे मा तथा अन्य जीवबाट पुनः माटोमा भएको पाइन्छ । लोककथामा मुख्य पात्रका रूपमा मानव र मानवेतर जीव आएका छन् । यी सबै जीवले थल, आकाश र जलमा बसेर आÇनो स्थानगत अस्तित्व रक्षा गरेको पाइन्छ । मानव र मानवेत्तर बिचको आन्तरिक र अन्तर अन्तर्सम्बन्ध, जीव–अन्न–वनस्पति–माटोका बिच शक्तिको रूपान्तरण तथा मानव र मानवेतर पात्रको जल, थल र नभमा भएको स्थानगत अस्तित्वले यो लोककथाको पारिस्थितिक प्रणाली गतिशील तथासन्तुलित बन्न पुगेको छ ।