नजुरेको जोडी कथाको रचनाविधान
DOI:
https://doi.org/10.3126/jdr.v11i1.95198Keywords:
अन्धविश्वासी समाज, एकस्थानीक परिवेश, प्रतीकात्मक भाषाशैली, रैखिक ढाँचा, विसङ्गतिवादी जीवनदृष्टिAbstract
प्रस्तुत लेखमा माया ठकुरी (वि.सं. २००४) को नजुरेको जोडी कथाको अध्ययन र विश्लेषण गरी यस कथाको रचनाविधान पहिल्याउनुमा केन्द्रित रहेको छ । यसै सिलसिलामा नजुरेको जोडी कथाको संरचना केकस्तो रहेको छ र नजुरेको जोडी कथामा रूपविन्यास केकसरी भएको छ भन्ने समस्यामा केन्द्रित भएर यो अध्ययन सम्पन्न गरिएको छ । नजुरेको जोडी कथाको संरचना पहिल्याउनु र यस कथाको रूपविन्यास निर्क्योल गर्नु यस लेखको उद्देश्य रहेको छ । यस उद्देश्य परिपूर्तिका लागि मूलतः पुस्तकालयीय अध्ययनका आधारमा सामग्रीहरु सङ्कलन गरिएको छ । यसक्रममा माया ठकुरीको नजुरेको जोडी कथा प्राथमिक स्रोतका सामग्री हो । माया ठकुरी र उनका कथा सम्बन्धी गरिएका अध्ययन तथा कथा सम्बन्धी विवेचना गरिएका पुस्तक, शोधसामग्री, अनुसन्धानमूलक लेख, लेखरचना, पत्रपत्रिका र वेभसाइट रचना तथा स्वतन्त्र अध्ययनलाई सन्दर्भ सामग्रीका रूपमा उपयोग गरिएको छ । यी द्वितीयक स्रोत सामग्री हुन् । शोधप्रश्नका रूपमा उठाइएका समस्याको समाधानका लागि संरचना र रूपविन्यासका आधारमा कथाको विश्लेषण गरिएको छ । संरचनाअन्तर्गत कथावस्तु, पात्र,दृष्टिविन्दु र सारवस्तु तथा रूपविन्यासअन्तर्गत भाषा, शैली, प्रतीक, बिम्ब र शीर्षकलाई आधार बनाइएको छ । प्रस्तुत कार्य गुणात्मक अनुसन्धान विधिमा आधारित रहेकोले मुख्यतया व्याख्यात्मक र पाठविश्लेषणात्मक पद्धतिको प्रयोग गरिएको छ । सामग्रीहरूको खोज, सङ्कलन र अध्ययनपछि प्राप्त सूचना र तथ्यहरूकोे वर्गीकरण, विश्लेषण र तुलनाबाट नजुरेको जोडी कथामा संरचना र रूपविन्यासको उचित संयोजन रहेको निष्कर्ष निकालिएको छ । गुणात्मक ढाँचाको प्रस्तुत अनुसन्धानको विधि निगमनात्मक प्रकारको छ ।