‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन

Authors

  • Bodhraj Dhakal

DOI:

https://doi.org/10.3126/kanyaj.v4i1.57070

Keywords:

जीवनजागृति, प्रभु, ब्रह्माण्ड, मनमण्डल, सर्वान्तर्यामी

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूलाई दृष्टान्तमार्फत विश्लेषण गरी तथ्य निरुपण गर्नु यस अध्ययनको उद्देश्य रहेको छ । ब्रह्मसूत्रका भाष्यकारहरूमध्ये सर्वश्रेष्ठ मानिने शङ्कराचार्यको अद्वैत वेदान्त दर्शनको ब्रह्म सत्य होे र ब्रह्मबाट भिन्न केही छैन भन्ने मान्यतालाई यस कवितामा कविले प्रस्तुत गरेका छन् भन्ने निष्कर्ष दिइएको छ । यस कवितामा सूर्यलाई ब्रह्मजस्तै सत्य, नित्य, सर्वशक्तिमान्, सर्वव्यापी, स्वप्रकाश, अमर र सार्वभौमशक्तिका रूपमा प्रस्तुत गरिएको छ । सारा ब्रह्माण्डकै सृष्टि, स्थिति र लयको कारण सूर्यलाई मान्दै कवितामा प्रभु, ईश्वर र जगदीश्वर भनेर कविले ब्रह्मचिन्तन प्रस्तुत गरेका छन् । जीवन जागृत गराउने शक्ति सूर्यमा मात्र भएको देखाउँदै ब्रह्मविना कसैको अस्तित्व छैन र एक मात्र सत्य ब्रह्म हो भन्ने अद्वैत वेदान्त दर्शनको मान्यतालाई यस लेखमा निचोडको रूपमा प्रस्तुत गरिएको छ । प्रस्तुत लेख गुणात्मक ढाँचामा आधारित छ । सामग्री सङ्कलनमा पुस्तकालयीय कार्यलाई आधार मानिएको यस लेखमा सोउद्देश्यमूलक नमुना छनौट पद्धतिका माध्यमबाट अद्वैत वेदान्त दर्शनमा आधारित कविता ‘सूर्य–महिमा’ लाई छनौट गरिएको छ । अद्वैत वेदान्त दर्शनका मान्यताहरूलाई आधार मानेर कविताशंहरूलाई दृष्टान्त दिएर पाठपरक विधिमार्फत विश्लेषण गरिएको छ । कवितामा जसरी सूर्यलाई सारा विश्वब्रह्माण्डको केन्द्रभूत तत्त्व मानेर प्रस्तुत गरिएको छ, यसले यो कविता अद्वैत वेदान्त दर्शनको ब्रह्म र मोक्षसम्बन्धी चिन्तनमा आधारित रहेको स्पष्ट प्रमाणित हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
19
PDF
23

Downloads

Published

2023-08-03

How to Cite

Dhakal, B. (2023). ‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन. Kanya Journal, 4(1), 89–97. https://doi.org/10.3126/kanyaj.v4i1.57070

Issue

Section

Research Article