‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर

Authors

  • Suraj Poudel

DOI:

https://doi.org/10.3126/kanyaj.v4i1.57076

Keywords:

कार्निभल, नारीवाद, पर्यावरण, यौन मनोविज्ञान, विनिर्माण

Abstract

प्रस्तुत ‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर’ शीर्षकको आलेख मूल स्वरका दृष्टिले कथासङ्ग्रहको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । ‘कार्निभल’ (२०७६) कथाकार भूमिराज बस्ताकोटीद्वारा लेखिएका १२ वटा कथाहरूको सङ्ग्रह हो । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालय कार्यको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूको अध्ययनबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण/साक्ष्य र उदाहरणका आधारमा पुष्टि गरिएको छ । आवश्यक ठाउँमा पूर्वअध्येताहरूसँग संवाद वा छलफल गर्दै तुलना र भिन्नता छुट्याउने कामसमेत गरिएको छ । मूल स्वरलाई केन्द्रमा राखेर कथाहरूको अध्ययन र विश्लेषणका क्रममा विनिर्माण, यौन मनोविज्ञान, सामाजिक विकृति र विसङ्गतिप्रति असन्तुष्टि, पर्यावरणीय चेत र पशुअधिकार, नारीवादी स्वर नै मूल स्वरका रूपमा देखा परेका छन् । आधुनिक र उत्तरआधुनिक भावधारा र शैलीको उपयोग गरी लेखिएका कथाहरू स्वरका दृष्टिले उत्कृष्ट नै देखिन्छन् । यति भएर पनि बौद्धिकता र तार्किकताले थिचिएका कतिपय प्रयोगशील कथाहरू भावसम्प्रेषणका दृष्टिले जटिल बन्न पुगेका छन् भने छोटा आयामका कथाहरूमा घटनाको अस्वाभाविक विकास र तीव्रताले कथाको मूल मर्ममा चोट पुगेको छ । आयामका दृष्टिले मौनकोट, कार्निभल कथा थोरै लामा देखिए पनि संक्षिप्तताभित्र पूर्णताको खोजीका साथ रचना गरिएको ‘कार्निभल’ कथासङ्ग्रह भावसघनता र स्वरका कोणबाट उत्कृष्ट देखापर्दछ ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
18

Downloads

Published

2023-08-03

How to Cite

Poudel, S. (2023). ‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर. Kanya Journal, 4(1), 129–143. https://doi.org/10.3126/kanyaj.v4i1.57076

Issue

Section

Research Article