बालगुञ्जनका आवाजहरूमा बालमनोविज्ञान Child Psychology in the Voices of Baalgunjan

Authors

DOI:

https://doi.org/10.3126/sij.v7i1.92560

Keywords:

आक्रोश, आत्मपहिचान, कल्पनाशीलता, बालस्मृति, संवेदनशीलता, aggression, self-identity, imagination, childhood memory, sensitivity

Abstract

प्रस्तुत लेख बालकविद्वय रश्मी पोखरेल र रहस्य पोखरेलको संयुक्त कवितासङ्ग्रह बालगुञ्जनका आवाजहरू (२०८०) मा अभिव्यक्त बालमनोविज्ञानको अध्ययनसँग सम्बद्ध रहेको छ । बालगुञ्जनका आवाजहरू कवितासङ्ग्रहभित्रका कवितामा अभिव्यक्त बालमनोविज्ञान केकस्तो रहेको छ भन्ने प्राज्ञिक समस्याको समाधान खोज्ने लक्ष्य यस लेखको रहेको छ । यसमा बालमनोविज्ञानका सम्बन्धमा विकसित सैद्धान्तिक अवधारणाका आधारमा कृतिको विश्लेषण गरी निष्कर्षको निरूपण गरिएको हुनाले निगमनात्मक विधिको प्रयोग गरिएको छ । गुणात्मक र अन्तर्विषयक किसिमको प्रस्तुत लेखमा पियाजे, भिगोत्स्की, फ्रायड, एरिकसनजस्ता मनोवैज्ञानिकका बालमनोविज्ञानसम्बन्धी अवधारणाका आधारमा कृतिको विश्लेषण गरिएको छ । यस क्रममा स्मृति र मस्तिष्कको सक्रियता, डर र सुरक्षाको भावना, खेल र कल्पनाशक्ति, जिज्ञासा र बालसुलभ सोच, आत्मपहिचान र भावनात्मक अनुभूति, सकारात्मक मनोवृत्ति, डर र असुरक्षाको मनोवृत्ति एवम् सरल भाषाशैली जस्ता बालमनोविज्ञानका अवधारणालाई विश्लेषणढाँचाका रूपमा अवलम्बन गरी कृतिमा प्रस्तुत तथ्यको विश्लेषणपश्चात् प्राज्ञिक समस्याको निरूपण गरिएको छ । यसबाट बालस्मृति, आत्मपहिचानको विकास, कल्पनाशीलता, प्रतीकात्मक चिन्तनजस्ता बालमनोविज्ञानको प्रस्तुति यस कृतिमा पाइने निष्कर्ष निकालिएको छ ।

This article is related to the study of child psychology as expressed in the joint poetry collection Voices of Baalgunjan (2080 B.S.) by child poets Rashmi Pokharel and Rahasya Pokharel. The main objective of this study is to explore the academic problem of how child psychology is represented in the poems included in this collection. The analysis and conclusions are drawn based on established theoretical concepts of child psychology; therefore, a deductive method has been employed. This qualitative and interdisciplinary study analyzes the text using the concepts of child psychology proposed by psychologists such as Piaget, Vygotsky, Freud, and Erikson. In this process, various aspects of child psychology—such as memory and cognitive activity, fear and sense of security, play and imagination, curiosity and childlike thinking, self-identity and emotional experience, positive attitude, feelings of fear and insecurity, and simple language style—have been adopted as analytical frameworks. Based on the analysis of these elements in the text, the academic problem has been addressed. The study concludes that the work reflects key dimensions of child psychology, including childhood memory, development of self-identity, imagination, and symbolic thinking.

Downloads

Download data is not yet available.
Abstract
1
PDF
0

Downloads

Published

2026-04-17

How to Cite

Aryal, A. (2026). बालगुञ्जनका आवाजहरूमा बालमनोविज्ञान Child Psychology in the Voices of Baalgunjan. Siddhajyoti Interdisciplinary Journal, 7(1), 187–196. https://doi.org/10.3126/sij.v7i1.92560

Issue

Section

Articles