भाषा शिक्षण सिकाइमा भाषेतर सङ्केतको उपयोग Use of Nonverbal Cues in Language Teaching and Learning
DOI:
https://doi.org/10.3126/sij.v7i1.92563Keywords:
उत्प्रेरणा, भाषेतर, मनोवृत्ति, सङ्केत आवृत्ति, सम्प्रेषण, motivation, nonverbal, attitude, frequency of cues, communicationAbstract
प्रस्तुत अध्ययनमा नेपाली भाषा शिक्षण सिकाइमा लिखित र मौखिक रूपमा प्रयोग गरिने भाषेतर सङ्केतबारे अध्ययन गरिएको छ । नेपाली भाषा शिक्षण सिकाइमा भाषेतर सङ्केतको उपयोग र तिनको प्रभावको विश्लेषण गर्ने उद्देश्यमा आधारित यस लेखमा नेपाली भाषा कक्षालाई अध्ययन क्षेत्रका रूपमा लिइएको छ । माध्यमिक तहका चारओटा कक्षाको अवलोकन र चारजना शिक्षकसँगको अन्तर्वार्ताबाट प्राप्त तथ्याङ्कलाई अभिलेखीकरणका चरणवद्ध प्रक्रिया अपनाई विश्लेषण गरिएको छ । अध्ययन गरिएका कक्षामा भाषेतर सङ्केतका लागि हात र पाखुराको उपयोगका आधारमा विभिन्न हाउभाउ, मुखमुद्रा, अनुहारको रङ्ग, आँखाको चालजस्ता गतिविधि सञ्चालनमा ल्याइएको छ । शिक्षकहरूले प्रभावकारी भाषिक सम्प्रेषणका लागि भाषेतर सङ्केतको प्रयोग गरिने धारणा राखेका छन् । कक्षाकोठामा सकारात्मक वातावरण निर्माण गर्न, सहभागीहरूका बिच आपसी सम्बन्ध कायम गर्न, विद्यार्थीलाई सिकाइमा केन्द्रित गर्न, कार्यकलापमा निरन्तरता र जोड दिन, कक्षामा नियन्त्रण, निर्देशन तथा उत्प्रेरणा प्रदान गर्न, र संस्कृति तथा सन्देशको आदानप्रदान गर्नका लागि भाषेतर सङ्केतको उपयोग गरिएको छ । भाषा शिक्षण सिकाइमा भाषेतर सङ्केतहरूको प्रयोगमा शिक्षक र विद्यार्थीका बिच उच्च सम्झौता कायम हुनुपर्ने, आपसमा प्रयोग गरिएका सङ्केतको अर्थबारे दुवै पक्ष प्रस्ट हुन आवश्यक देखिएको छ । भाषिक व्यवहारमा भाषेत्तर पक्षको प्रयोग कौशलको विकासका लागि तिनको सामाजिक सांस्कृतिक सम्प्रेषणमा स्पष्ट रही यथेष्ट र प्रभावकारी प्रयोग गर्ने परिपाटीको विकासमा यस अध्ययनका निष्कर्ष उपयोगी बन्ने अपेक्षा राखिएको छ ।
This study explores the use of nonverbal cues employed in both written and oral forms in Nepali language teaching and learning. The article is based on the objective of analyzing the use and impact of nonverbal cues in Nepali language classrooms, which have been taken as the field of study. Data collected from observations of four secondary-level classes and interviews with four teachers were analyzed following systematic procedures of documentation. In the observed classrooms, nonverbal cues such as gestures involving hands and arms, facial expressions, changes in facial color, and eye movements were actively used. Teachers expressed the view that nonverbal cues are essential for effective linguistic communication. These cues were utilized to create a positive classroom environment, maintain interpersonal relationships among participants, keep students focused on learning, ensure continuity and emphasis in activities, provide classroom control, guidance and motivation, and facilitate cultural and message exchange. The study finds that effective use of nonverbal cues in language teaching and learning requires a high level of mutual understanding between teachers and students, and clarity regarding the meaning of the signals used. The findings are expected to be useful in developing practices that ensure clear, adequate, and effective use of nonverbal aspects in socio-cultural communication, thereby enhancing communicative competence.
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.