‘बाँच्ने एउटा जिन्दगी’ उपन्यासमा अधीनस्थ पिँढीका अनुभूति {Experiences of the Subordinate Generation in the Novel 'Living a Life'}

Authors

  • विदुला Bidula घिमिरे Ghimire नेपाली विभाग, रत्न राज्यलक्ष्मी क्याम्पस, त्रिभुवन विश्वविद्यालय Nepali Department, Ratna Rajya Laxmi Campus, TU

DOI:

https://doi.org/10.3126/hssj.v13i1.44588

Keywords:

उदीयमान विषय परिचय, प्रभुत्वशाली, अधीनस्थ, अनुभूतिको संरचना, पिँँढी,

Abstract

प्रस्तुत आलेखमा उपन्यासकार केशवराज पिँडालीद्वारा रचित बाँच्ने एउटा जिन्दगी (२०४३) उपन्यासमा अभिव्यक्त अधीनस्थ पिँढीका अनुभूतिको पहिचान र विश्लेषण गर्दै त्यस आधारमा कालखण्ड विशेषको नेपाली समाज र संस्कृतिको खोजी गरिएको छ । सम्बद्ध उपन्यासको विश्लेषणार्थ रेमन्ड विलियम्सद्वारा प्रतिपादित साहित्यको समाजशास्त्रीय सिद्धान्त विशेष अनुभूतिको संरचनाअन्तर्गतको ‘वैकल्पिक÷अधीनस्थ पिँढीका अनुभूति’ सम्बन्धी अवधारणालाई उपयोग गरिएको छ । प्रस्तुत अध्ययनअनुसार यस उपन्यासले लगभग आधा शताब्दी लामो कालखण्डको नेपाली सामाजिक संरचनालाई कार्यपीठिकाका रूपमा रोजेको छ । राणा शासनको पछिल्लो सामन्ती राज्यव्यवस्थाद्वारा संरक्षित मूलधारको संस्कृतिमा वैकल्पिक पिँढीका रूपमा रहेको अधीनस्थ पिँढी वा समुदायले झेलिरहेको उत्पीडन तथा सहनको संस्कृतिमा तिनको अभ्यस्तता र प्रतिरोध चेतविहीन अवस्थाले नै प्रजातन्त्रोत्तर नेपाली समाजमा पनि निरन्तरता पाइरहेको स्थिति छ । साथै, पुरानो र नयाँ संस्कृतिको सङ्क्रमणकालीनताबाट गुज्रिरहेको नव पुस्तामा आश्रित अघिल्लो पुस्ताले संरक्षण र आदरका साटो तिरस्कार र अवहेलनाको प्राप्तिमा निराशा र दीनताका कुण्ठाजन्य अनुभूति सँगालिरहेको छ तथापि प्रतिकार चेतमा त्यस पिँढीमा उदीयमान अनुभूति निर्माण हुँदै गएको सुखद अवस्थाको चित्रण पनि उपन्यासले गरेको छ । त्यसै परिप्रेक्ष्यमा परिवर्तित समयसन्दर्भलाई चिनेर स्वावलम्बी, स्वतन्त्र र सुखद बुढ्यौली जीवनका बारेमा सोच्ने, निर्णय लिने र त्यसलाई कार्यान्वयन गर्ने तहसम्मका तिनमा उद्बुद्ध अनुभूतिका संरचनाका माध्यमले परिवर्तनउन्मुख सामाजिक संस्कृतिलाई पनि प्रस्तुत उपन्यासले सङ्केत गर्नसकेको निष्कर्ष लेखको अन्त्यमा प्रस्तुत छ ।

{In the present article in the novel Living a Life (2043) by the novelist Keshav Raj Pindali
Identifying and analyzing the experiences of the subordinate generation expressed on that basis Special Nepali society and culture has been explored. Raymond for analysis of related novels The sociological theory of literature formulated by Williams under the framework of special experience The concept of 'alternative / subordinate generation experience' has been used. According to the study, this novel covers the Nepali social period of about half a century long The structure has been chosen as the working group. By the last feudal state system of Rana rule The subordinate generation or community as an alternative generation in the protected mainstream culture His habitual and resistance to the culture of persecution and tolerance is due to his unconscious state There is a situation of continuity in the post-democracy Nepali society as well. previous generation dependent on the new generation going through transitional period The attainment of contempt and contempt is accompanied by a frustrated feeling of despair and humility, however It is also a depiction of the pleasant state of mind that is emerging in that generation The novel has done. Recognizing the changed time context in the same perspective, self-reliant, independent and He has the ability to think about happy old life, to make decisions and to implement them Enlightened experience.}

Downloads

Download data is not yet available.
Abstract
97
PDF
59

Author Biography

विदुला Bidula घिमिरे Ghimire, नेपाली विभाग, रत्न राज्यलक्ष्मी क्याम्पस, त्रिभुवन विश्वविद्यालय Nepali Department, Ratna Rajya Laxmi Campus, TU

उपप्राध्यापक

Downloads

Published

2021-08-01

How to Cite

घिमिरे Ghimire व. B. (2021). ‘बाँच्ने एउटा जिन्दगी’ उपन्यासमा अधीनस्थ पिँढीका अनुभूति {Experiences of the Subordinate Generation in the Novel ’Living a Life’}. Humanities and Social Sciences Journal, 13(1), 230–244. https://doi.org/10.3126/hssj.v13i1.44588

Issue

Section

Articles