रिमालको ‘माया’ एकाङ्कीमा वेदान्त दर्शन {Vedanta philosophy in Rimal's 'Maya' one-act play}

Authors

  • विनोद Binod कार्की Karki नेपाली विभाग, रत्न राज्यलक्ष्मी क्याम्पस, त्रिभुवन विश्वविद्यालय Nepali Department, Ratna Rajya Laxmi Campus, TU

DOI:

https://doi.org/10.3126/hssj.v13i1.44591

Keywords:

मनात्मा, अध्यात्म मनोविज्ञान, उत्तर मीमांसा, मायावी जादुु

Abstract

प्रस्तुत लेखमा गोपालप्रसाद रिमालको माया एकाङ्कीमा वेदान्त दर्शनको प्रभाव कसरी र के कस्तो अवस्थामा परेको छ भन्ने प्रमुख जिज्ञासा उठाई त्यसलाई वेदान्त दर्शनका स्थापित मान्यताका आधारमा विवेचना गरिएको छ । रिमालका माया एकाङ्कीमा महिलाले महिलामाथि गर्ने अन्याय र अत्याचारको चित्रण गरिएको छ । एकात्मवादी वेदान्त दर्शनको प्रभावलाई केलाउनका लागि ब्रह्मलाई आधार मानेर विवेचना गरिएको छ । माया एकाङ्कीमा वेदान्त दर्शनको प्रभावको विश्लेषण गर्नु यस अनुसन्धानात्मक लेखको उद्देश्य रहेको छ । यस अध्ययनले साहित्यमा दर्शनको पहिचान गर्ने कार्यलाई सहयोग पुर्याउने छ । यस लेखमा रिमालको माया एकाङ्कीलाई प्राथमिक स्रोत सामग्री र नाटक र दर्शनसँग सम्बद्ध जानकारीमूलक लेख तथा समालोचनाहरूलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । तथ्यहरूको विश्लेषण गर्दा निगमनात्मक विधिलाई आत्मसात् गरिएको छ । वेदान्त दर्शनका सम्प्रदायहरूमध्ये अद्वैत वेदान्तका मूल मान्यताहरू ईश्वर, आत्मा, मन, मोक्ष, पापधर्म, भाइचारा आदिलाई आधार मानी मानवले मानवकै व्यवहार गरेका खण्डमा दुःख र समस्याबाट मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने अद्वैत वेदान्तवादी निष्कर्ष निकालिएको छ ।

{Vedanta philosophy on Gopal Prasad Rimal's Maya Ekanki and By raising the main question of what condition it is in, it has been established by Vedanta philosophy Consideration is given on the basis of beliefs. In Rimal's Maya Ekanki, women attack women Injustice and oppression are portrayed. The effect of monotheistic Vedanta philosophy it has been considered on the basis of Brahman for evaluation. Vedanta in love alone the purpose of this research article is to analyze the effect of philosophy. This study It will help in the work of identifying philosophy in literature. Rimal's love in this article the primary source material and informative articles related to drama and philosophy Criticisms have been used as secondary material. Analysis of facts The deductive method has been adopted. Advaita among the sects of Vedanta philosophy the basic tenets of Vedanta are based on God, soul, mind, salvation, sin, brotherhood, etc. That human beings can be saved from suffering and problems if they behave like human beings Advaita Vedantaist conclusions have been drawn.}

Downloads

Download data is not yet available.
Abstract
61
PDF
41

Author Biography

विनोद Binod कार्की Karki, नेपाली विभाग, रत्न राज्यलक्ष्मी क्याम्पस, त्रिभुवन विश्वविद्यालय Nepali Department, Ratna Rajya Laxmi Campus, TU

उपप्राध्यापक

Downloads

Published

2021-08-01

How to Cite

कार्की Karki व. B. (2021). रिमालको ‘माया’ एकाङ्कीमा वेदान्त दर्शन {Vedanta philosophy in Rimal’s ’Maya’ one-act play}. Humanities and Social Sciences Journal, 13(1), 245–256. https://doi.org/10.3126/hssj.v13i1.44591

Issue

Section

Articles