राजतन्त्रको अन्त्यमा नेपाली मिडियाको भूमिका

Authors

  • जगत् नेपाल पत्रकारिता तथा आमसञ्चार विभाग, रत्न राज्यलक्ष्मी क्याम्पस, त्रिभुवन विश्वविद्यालय, नेपाल ।

DOI:

https://doi.org/10.3126/hssj.v14i1.58005

Keywords:

गणतन्त्र, प्रेस स्वतन्त्रता, मिडिया, राजतन्त्र, लोकतन्त्र, सेन्सरसिप

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख नेपालमा राजतन्त्रको अन्त्य र मिडियाले खेलेको भूमिकावारे केन्द्रित छ । यो अध्ययनको उद्देश्य २००७ सालको क्रान्तिदेखि २०६५ जेठ १५ मा गणतन्त्र घोषणा हुँदासम्मका घटनाक्रमको विश्लेषण गर्दै राजतन्त्रले कसरी प्रत्यक्ष वा परोक्षरूपमा आफ्नै अवशनका लागि मिडियालाई भूमिका निर्वाह गर्न बाध्य पा¥यो भन्ने दर्साउनु नै हो । पटकपटक राजनीतिक परिवर्तन भए पनि दरबारको षड्यन्त्र र जालझेलका कारण मुलुकमा राजनीतिक स्थायित्व कायम हुन सकेन । राजाहरूको ध्यान सधैँ कसरी राजनीतिक शक्तिहरूलाई लडाउने, भिडाउने र जनताका प्रजातान्त्रिक अधिकार खोसेर दरबारलाई बलियो बनाउने भन्नेमै केन्द्रित हुन थाल्यो । यस क्रममा मिडियालाई सधैँ तारो बनाइयो । त्यही कारण मिडियाले दरबारका गलत क्रियाकलाप र जनाधिकार खोस्न भएका प्रयासबारे जनतालाई सुसूचित गर्ने र जनाधिकारको पक्षमा लड्न प्रेरित गर्ने खालका सामग्रीलाई प्राथमिकता दियो । २०५८ जेठ १९ को दरबार हत्याकाण्डमा राजा वीरेन्द्र र उनको वंश नास भएपछि गद्दीको उत्तराधिकारी बनेका ज्ञानेन्द्रप्रति आम नेपालीको विश्वास थिएन । मिडियाले त्यो वेलाको यथार्थ चित्रण गरिदियो । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा शासनसत्ता हातमा लिए लगत्तै सेना परिचालन गरी मिडियामा कडा सेन्सरसिप सुरु गरे । मिडियाले तत्काल सशक्त विरोध जनाउन नसके पनि राजनीतिक दलहरूको आन्दोलनलाई बल पुग्ने गरी राजाको विरोधमा जनमत बनाउने काम ग¥यो । त्यसैको परिणाम हो, २०६२–०६३ को जनान्दोलन, संविधानसभा निर्वाचन, राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा ।

Downloads

Download data is not yet available.
Abstract
38
PDF
65

Downloads

Published

2022-10-20

How to Cite

नेपाल ज. (2022). राजतन्त्रको अन्त्यमा नेपाली मिडियाको भूमिका. Humanities and Social Sciences Journal, 14(1), 153–163. https://doi.org/10.3126/hssj.v14i1.58005

Issue

Section

Research Article