वार्षिक प्रणालीको शोधप्रस्ताव लेखन: अभ्यास, प्रवृत्ति र व्यावहारिक पक्षहरू

Authors

  • नरेन्द्र मिश्र समाजशास्त्र विभाग, रत्न राज्यलक्ष्मी क्याम्पस, त्रिभुवन विश्वविद्यालय, नेपाल ।

DOI:

https://doi.org/10.3126/hssj.v14i1.58010

Keywords:

ढाँचा, वार्षिक प्रणाली, समसामयिक, शोधप्रस्ताव, शोधपत्र

Abstract

प्रस्तुत लेख स्नातकोत्तर तहको शोधप्रस्ताव लेखनका सम्बन्धमा आधारित छ । स्नातकोत्तर तहको शोधप्रस्ताव लेखन एक गहन विषय हो । यसका लागि शोधार्थीसँग सैद्धान्तिक र व्यावहारिक ज्ञानका साथै मिहिनेत, लगनशीलता र रूचि पनि त्यतिकै आवश्यक पर्दछ । यस अनुसन्धानको उद्देश्य स्नातकोत्तर तह वार्षिक प्रणाली अन्तर्गतका शोधप्रस्तावको शीर्षक छनौटका शैक्षिक आधारहरू, शोधप्रस्ताव लेखनको विषयगत प्रवृत्ति र सैद्धान्तिक तथा व्यावहारिक पक्षहरूको वर्णन गर्नु रहेको छ । जसका लागि रत्न राज्यलक्ष्मी क्याम्पस समाजशास्त्र तथा मानवशास्त्र विभाग अन्तर्गत वार्षिक प्रणाली अन्तर्गतका शोधार्थीहरूको शोधप्रस्ताव स्वीकृत भई दर्ता भएको अभिलेखलाई आधार मानिएको छ । प्राप्त गरिएका तथ्याङ्कहरूलाई वर्णनात्मक ढाँचाको प्रयोग गरी व्याख्या र विश्लेषण गरिएको छ । निष्कर्षमा, शोधार्थीहरूको शोधपत्रको शीर्षक छनौट, लेखन प्रवृत्ति, समसामयिक विषयवस्तु, तथ्याङ्क उपलब्धता र शोधार्थीको विषयप्रतिको रूचिले निर्धारण गरेको पाइएको छ । नियमित कक्षा कोठामा उपस्थित भएर अध्ययन गर्ने शोधार्थीहरूभन्दा शोधप्रस्ताव लेखनको समयमा मात्रै विभाग र शोधनिर्देशकसँग शैक्षिक परामर्शका लागि सम्पर्कका आउने शोधार्थीहरूमा सैद्धान्तिक विषयवस्तुको ज्ञानमा कमि, प्रशासनिक प्रक्रियामा अन्यौल साथै शैक्षिक निर्देशिका र ढाँचामा आधारित लेखनमा समस्या भएको पाइन्छ ।

Downloads

Download data is not yet available.
Abstract
32
PDF
29

Downloads

Published

2022-10-20

How to Cite

मिश्र न. (2022). वार्षिक प्रणालीको शोधप्रस्ताव लेखन: अभ्यास, प्रवृत्ति र व्यावहारिक पक्षहरू. Humanities and Social Sciences Journal, 14(1), 188–200. https://doi.org/10.3126/hssj.v14i1.58010

Issue

Section

Research Article