स्थानीय निर्वाचन २०७९ मा दलहरूको अवस्था

Authors

  • ढाकाराम सापकोटा इतिहास विभाग, रत्न राज्यलक्ष्मी क्याम्पस, त्रिभुवन विश्वविद्यालय, नेपाल

DOI:

https://doi.org/10.3126/hssj.v14i2.58094

Keywords:

गठबन्धन, गुमनाम, घोषणापत्र, लोकतान्त्रिक, सुनिश्चित, समिकरण, समावेशीत

Abstract

प्रस्तुत लेख स्थानीय निकायको निर्वाचनलाई विषय बनाएर लेखिएको छ । राज्यका हरेक निकाय जनतासँग जोडिने भए पनि परोक्ष सरोकार राख्ने भनेको स्थानीय निकाय हो । स्थानीय निकाय सङ्घीय शासन प्रणालीको मूल आधार हो । यसको स्थायित्व, दीर्घजीवन र संस्थागत विकास, यसले प्रदान गर्ने सेवामा भरपर्छ । त्यो खालको सेवा यसका प्रतिनिधिहरूको चयन गर्ने आवधिक निर्वाचनमा निर्भर हुन्छ । निर्वाचनबाट प्रतिनिधि छान्ने कुरा दलको दबदबामा भन्दा पनि स्थानीय जनता र विकाससँग जोडिएको व्यक्ति नै उत्तम हुने दृष्टान्त प्रस्तुत गर्नु लेखको उद्देश्य रहेको छ । पुस्तकालयीय विधिबाट सङ्कलन गरिएका स्रोतहरूको प्रयोग गरी सिस्टम थ्योरी विधिबाट अध्ययन गरिएको यस लेखमा सैद्धान्तिक र योग्यभन्दा निर्वाचन जित्ने एक मात्र लक्ष्यका साथ उम्मेदवार उठाउने र पार्टी सदस्यको नाममा तिनै उम्मेदवारलाई मत दिन दबाब दिने कुरा हाबी भएको देखिन्छ । जुन कुराले तत्काल राजनीतिक दलहरूलाई फाइदा हुने जस्तो देखिए तापनि कालान्तरमा दल र व्यवस्थाकै लागि अनुत्पादक हुने निष्कर्ष रह्यो ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
28

Downloads

Published

2023-03-27

How to Cite

सापकोटा ढ. (2023). स्थानीय निर्वाचन २०७९ मा दलहरूको अवस्था. Humanities and Social Sciences Journal, 14(2), 95–106. https://doi.org/10.3126/hssj.v14i2.58094

Issue

Section

Research Article