वैरागी काइँलाका कवितामा पर्यावरण चेतना

Authors

  • गीता त्रिपाठी नेपाली विभाग, रत्न राज्यलक्ष्मी क्याम्पस, त्रिभुवन विश्वविद्यालय, नेपाल

DOI:

https://doi.org/10.3126/hssj.v14i2.58096

Keywords:

उपभोक्तामुखी, पर्यावरणीय, मानवीय, मानवेतर, ह्रासोन्मुख

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेखमा कवि वैरागी काँइलाका कवितामा प्रस्तुत भएका विविध पर्यावरणीय पक्षको विश्लेषण गरी उनका कवितामा अभिव्यञ्जित भएका पर्यावरणसम्बन्धी चिन्तनको स्वरूप पहिल्याइएको छ । पर्यावरणीय विषय वर्तमान विश्वमा सबैभन्दा धेरै चिन्ताको विषय बन्दै गइरहेको छ । प्रकृतिमाथि मानिसको नियन्त्रणको प्रयास र उपभोक्तामुखी जीवनशैलीका कारणले मानवेतर प्राणीसँगै स्वयम् मानिसकै जीवन पनि सङ्कटग्रस्त बन्दै गएको छ । यसै कथ्यको केन्द्रीयतामा रही रचना गरिएका स्थानीय परिवेशसँग सम्बद्ध विविध कविताहरूको विश्लेषणबाट पर्यावरण र मानिसको सम्बन्धलाई नियाल्ने सन्दर्भमा यहाँ वैरागी काइँलाका कविताका सोद्देश्य छनोट गरिएका साक्ष्यहरूको विश्लेषण गरिएको हो । कवितामा निरन्तर सांस्कृतिक परिवेशका सापेक्षमा पर्यावरणीय चिन्तन प्रस्तुत गर्ने काइँला नेपाली जीवन र प्रकृतिप्रतिका सचेत कवि हुन् । उनका कविता चिन्तनमा आधारितयो अध्ययन पर्यावरणीय समालोचनाका सैद्धान्तिक पद्धतिलाई आधार मानी नेपाली कविताको पाठपरक विश्लेषण गर्ने उद्देश्य लिएर पूरा गरिएको हो । यस गुणात्मक अध्ययनबाट काइँलाका कविताहरू पर्यावरणीय सचेतता र ह्रासोन्मुख सांस्कृतिक पक्षका विषय प्रस्तुतिका हिसाबले सफल रहेको निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
38
PDF
47

Downloads

Published

2023-03-27

How to Cite

त्रिपाठी ग. (2023). वैरागी काइँलाका कवितामा पर्यावरण चेतना. Humanities and Social Sciences Journal, 14(2), 116–126. https://doi.org/10.3126/hssj.v14i2.58096

Issue

Section

Research Article