युट्युबको लोकप्रियतासँगै पत्रकारिता क्षेत्रमा पेसागत मर्यादा बचाउने चुनौती

Authors

  • शन्तराम Santaram बिडारी Bidari Tribhuvan University, Ratna Rajyalaxmi Campus, Nepal

DOI:

https://doi.org/10.3126/hssj.v15i1-2.63794

Keywords:

एजेन्डा सेटिङ, पत्रकारिता, नियमन, सामाजिक उत्तरदायित्व

Abstract

आमजनताका बिचमा मूलधारका सञ्चार माध्यमहरूभन्दा युट्युब च्यानल लोकप्रिय हुनुको कारण र केही युट्युब च्यानलमा देखिएका अनपेक्षित सूचना प्रवाहको अध्ययन विश्लेषण गर्नु यस लेखको मूल उद्देश्य रहेको छ । समीक्षात्मक टिप्पणी, विषवस्तु समीक्षा र सर्वेक्षणले निकालेको नतिजामा आधारित यो लेखले नेपालमा लकडाउनका बेलामा वा त्यस आसपास केही युट्युब च्यानलमा प्रसारित विषयवस्तुको अध्ययन–विश्लेषण गरिएको छ । जसमा फरक फरक च्यानलमा प्रसारित मुख्य ५ वटा ‘कन्टेन्ट’ हेरिएको छ । त्यसका साथै पत्रकारिता विषयमा अध्ययन गरिरहेका प्लस टु तहका विद्यार्थीहरूबीच सर्भे गरिएको छ । युट्युमा प्रसारित सूचना, समाचार, विज्ञापन र अन्य कन्टेन्टका आधारमा ती च्यानलहरूको भूमिकालाई व्याख्या तथा विश्लेषण गरिएको छ । यस बाहेक केही सञ्चार विज्ञहरूसँगको कुराकानीलाई पनि आधार मानिएको छ । मूलतः पुस्तकालयीय अध्ययन विधि अपनाइएको छ । यी विधिहरूमार्फत सूचना प्रवाहमा युट्युबाट प्रसारण गरिएको कतिपय प्रवृत्तिलाई विज्ञसँगको धारणा, मिडियाका सिद्धान्त र यही विषयमा भएका विभिन्न अध्ययनका आधारमा तथ्यपरक बनाउने प्रयास गरिएको छ ।पछिल्ला दिनमा अखबारी प्रकाशनहरू ‘डिजिटलाइजेसन’ हुँदै मल्टीमिडियाको बढोत्तरी भएको सन्दर्भमा त्यसले समस्या पनि उत्तिकै भिœयाएको देखिन्छ । नेपाली पत्रकारिता बजारमा पनि सशक्त र प्रभावकारी माध्यममका रूपमा युट्युब ‘प्लेटफर्म ’ प्रभावकारी बन्दै आइरहेको छ । तर केही युट्युबरहरूका गल्तीका कारण सम्पूर्ण पत्रकारिता क्षेत्रलाई प्रदूषित र बदनाम पार्ने काम भने तिनै युट्युबकर्मीबाट भएको देखिन्छ । छापा प्रकाशन ओरालो लागेसँगै पत्रकारिता क्षेत्र पनि आपूmलाई समयअनुसार परिवर्तन गरेर अघि बढ्ने कि बन्द भएर रहने भन्ने दोसाँधमा छन् । युट्युब सञ्चार माध्यमको प्रभावकारिता त बढेको छ नै, सँगै विकृति र विसङ्गतिको डङ्गुर भित्रिएर समग्र पत्रकारिता क्षेत्रमा थप चुनौतीहरू देखापरेको पाइन्छ । तसर्थ युट्युब प्लेटफर्मको अनियन्त्रित र असम्पादित सामग्रीका कारण नेपालको समग्र पत्रकारिता क्षेत्र बदनाम छ । यसलाई थप बदनाम बनाएर राज्यको चौँथो अङ्गको औचित्य र प्रभावकारितामा प्रश्नचिन्ह उठाउने ठाउँ नदिनु नै अहिलेको सन्दर्भमा सबैको दायित्व हो ।

Downloads

Download data is not yet available.
Abstract
58
PDF
204

Downloads

Published

2023-12-31

How to Cite

बिडारी Bidari श. S. (2023). युट्युबको लोकप्रियतासँगै पत्रकारिता क्षेत्रमा पेसागत मर्यादा बचाउने चुनौती. Humanities and Social Sciences Journal, 15(1-2), 217–231. https://doi.org/10.3126/hssj.v15i1-2.63794

Issue

Section

Research Article