रमेश विकलका बालनाटकमा नीतिचेतना

Authors

  • छायादत्त Chhayadatta न्यौपाने Nyaupane Tribhuvan University, Ratna Rajyalaxmi Campus, Nepal

DOI:

https://doi.org/10.3126/hssj.v15i1-2.63795

Keywords:

मातृवात्सल्य, सहिष्णु, प्रकटीकरण, खोजीनिति, बालश्रम

Abstract

प्रस्तुत लेखको शीर्षक रमेश विकलका बालनाटकमा नीतिचेतना रहेको छ । रमेश विकल नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनले नेपाली साहित्यका विविध विधामा उच्च योगदान गरेका छन् । उनले नेपाली बालसाहित्यका खास गरी कथा र नाटकका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका छन् । उनको ‘सात थुँगा’ बालएकाङ्की सङ्ग्रह अहिलेसम्मको तथ्याङ्कअनुसार बालनाटकको इतिहासमै पहिलो पुस्तकाकार कृति हो । यिनको विषय चयन, पात्रको छनोट, परिवेश, संवादको संयोजन के कस्तो छ ? यो समस्याको समाधान खोजी गरी प्राज्ञिक निष्कर्ष निकाल्नु यस लेखको उद्देश्य रहेको छ । विवेच्य विषयको मुख्य सामग्री बालनाटककार रमेश विकलका ३ ओटा बालएकाङ्की सङ्ग्रहहरूमा सङ्कलित १९ ओटा एकाङ्कीहरू रहेका छन् । यीमध्ये कुन–कुनमा करुण–चेतना, समता, उत्साह र कर्तव्य चेतनाको सम्प्रेषण के कसरी भएको छ त्यसको अध्ययन गरी विशेषता बताउनु यसको औचित्य हो । द्वितीयक सामग्रीका रूपमा बालनाटक र नेपाली बालनाटकको परिचय तथा विकाससम्बन्धी सूचना दिने ग्रन्थहरूको उपयोग गरिएको छ । नीतिचेतनासम्बन्धी सङ्क्षिप्तमा तयार गरिएको मानकअनुसार नाटकहरूको विश्लेषण गरी प्राज्ञिक निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
26

Downloads

Published

2023-12-31

How to Cite

न्यौपाने Nyaupane छ. C. (2023). रमेश विकलका बालनाटकमा नीतिचेतना. Humanities and Social Sciences Journal, 15(1-2), 232–247. https://doi.org/10.3126/hssj.v15i1-2.63795

Issue

Section

Research Article