नारायणहिटी राजदरबार र संग्रहालय : ऐतिहासिकता र महत्व

Authors

  • Uddhab Puri इतिहास केन्द्रीय विभाग किर्तिपुर, काठमाडौँ

Keywords:

नारायणहिटी, राजतन्त्र, गणतन्त्र, ऐतिहासिकता, संग्रहालय

Abstract

काठमाडौंको दरबारमार्गमा रहेको नारायणहिटी राजदरबार र नारायणहिटी दरबार संग्रहालय गणतन्त्र पछि नेपालका लागि ऐतिहासिकता पहिचानको स्थल हो । त्यहाँ राजपरिवार हनुमानढोकाबाट त्यहा सर्नु अधि पनि नारायण र हिटी  दुई बेग्ला बेग्लै स्थानमा आवास वा दरबारहरू बनेका थिए । कोतपर्व पछि फत्तेजंग र उनका परिवारहरूको पतनसँगै उक्तदरबार राणाहरूको कब्जामा आयो । पछि पृथ्वी वीरविक्रमको बिबाह लगतै राजपरिवारलाई हनुमानढोकाबाट त्यहा सारिए । वि. सं. २०५८ सालमा दरबार हत्या काण्ड भएपछि राजा ज्ञानेन्द्र वीर विक्रम शाहले करिव छ वर्ष नेपालको शासन यहीबाट गरेर राजतन्त्रको अन्त्यसँगै नारायणहिटीबाट बाहिरिए । हाल केहीभाग संग्रहालय बनेको ऐतिहासिक नारायणहिटी राजदरबार र त्यहा बिभिन्न समयमा निर्माण र संग्रह भएका विषयवस्तुहरू अहिले नेपालको राजतन्त्र, तत्कालीन शासनकाल, धार्मिक, सांस्कृतिक, कुटनैतिक सम्बन्ध र वस्तुकलाको वास्तविक प्रमाणका रूपमा रहेको र यो नेपालको इतिहास अध्ययन र अनुसन्धानको लागि महत्वपूर्ण स्रोत सामाग्री बनेको छ । जसको ऐतिहासिकता र महत्वलाई निरन्तर जोगाउन व्यवस्थित संरक्षण र व्यवस्थापन हुनुपर्दछ । यस अध्ययना लागि गुणात्मक ढाँचामा प्राथमिक र द्धितीय स्रोत सामाग्रीहरूको संङकलन पुस्तकालय र दरबार अवलोकन विधिका माध्यमबाट गरिएको छ । दरबार संग्रहालयमा रहेका विषयवस्तुलाई प्राथमिकतामा राख्दै अधिकमात्रामा सहायक वा द्धितीय स्रोहरूको उपयोग गरी वर्णनात्मक र विश्लेषणात्मक विधिमा शोधलेखन सम्पन्न गरिएको छ । जसले नेपालको एतिहासमा नारायणहिटी राजदरबारको ऐतिहासिकता र महत्वलाई प्रमाणित गरिराख्ने देखिन्छ । 

Abstract
0
PDF
0

Downloads

Published

2025-12-31

How to Cite

Puri, U. (2025). नारायणहिटी राजदरबार र संग्रहालय : ऐतिहासिकता र महत्व. Humanities and Social Sciences Journal, 17(1-2), 111-129. https://doi.org/10.3126/hssj.v17i1-2.97399

Issue

Section

Research Article

How to Cite

Puri, U. (2025). नारायणहिटी राजदरबार र संग्रहालय : ऐतिहासिकता र महत्व. Humanities and Social Sciences Journal, 17(1-2), 111-129. https://doi.org/10.3126/hssj.v17i1-2.97399