मलाई पनि निद्रा लागेन कथा सङ्ग्रहमा अनुभूतिको संरचना

Authors

  • Hari Prasad Silwal उपप्राध्याक, नेपाली विभाग, रत्न राज्यलक्ष्मी क्याम्पस, त्रि.वि., नेपाल

Keywords:

उत्पीडित मनोदशा, दबाब र तनावकोे अनुभूति, दलित चेतना, साहित्यको समाजशास्त्र, सांस्कृतिक प्रभुत्व

Abstract

प्रस्तुत आलेखको शीर्षक 'मलाई पनि निद्रा लागेन कथा सङ्ग्रहमा अनुभूतिको संरचना' रहेको छ । मलाई पनि निद्रा लागेन कृतिका लेखक मातृका पोेखरेल हुन् । उनले मूलतः कविता र कथा विधामा आफ्नोे सृजनात्मक लेखनलाई अघि बढाएका छन् । यस आलेखमा स्रष्टा पोेखरेलकोे उक्त कथा सङ्ग्रहलाई अनुभूतिको संरचनाका दृष्टिले अनुसन्धानमा केन्द्रित भई विश्लेषण गरिएकोे छ । प्रस्तुत आलेखलाई अनुसन्धानपरक गुणात्मक शोेधविधिमा आधारित भई सम्पन्न गरिएको छ । अनुसन्धेय कथा कृतिलाई प्राथमिक र यस सम्बद्ध सैैद्धान्तिक र विवेचनायुक्त सामग्रीहरूलाई द्वितीयक सामग्रीका रूपमा पुस्तकालय स्रोेतबाट सङ्कलन गरिएकोे छ । यस आलेखमा एपिए पद्धतिकोे उपयोग गरिएको छ । यस आलेखमा रेमन्ड विलियम्सको अनुभूतिकोे संरचनासम्बन्धी सिद्धान्तलाई कृति विश्लेषणकोे सैैद्धान्तिक आधार बनाइएकोे छ । अनुभूतिकोे संरचना साहित्यकोे समाजशास्त्रीय समालोचनाको एक उपागम होे । यसका आधारमा विवेच्य कृतिमा निहित व्यक्तिगत र सामूहिक अनुभूतिकोे संरचनामाथि विमर्श गर्नु यस आलेखकोे मूल विषयवस्तुका रूपमा रहेकोे छ । मातृका पोेखरेलकोे मलाई पनि निद्रा लागेन कथा सङ्ग्रहमा के कस्ता अनुभूतिकोे संरचनाहरू अभिव्यञ्जित भएका छन् भन्ने प्राज्ञिक जिज्ञासा यस आलेखकोे समस्याकथन होे भने यस समस्याको निरूपण गर्नु उद्देश्यकथन होे । यही समस्याकथन र उद्देश्यका आधारमा शोध्य कृतिमा निहित अनुभूतिकोे संरचनामाथि गरिएकोे विमर्शबाट प्राप्त निचोेडलाई प्राप्तिको रूपमा लिइएकोे छ । यस अन्तर्गत निम्नवर्गीय अनुभूतिकोे संरचना, दलित चेतनाकोे अनुभूतिको संरचना, वर्गीय विभेदको अनुभूतिको संरचना, विसङ्गत राजनीतिक अनुभूतिको संरचना, प्रतिरोेधकोे अनुभूति जस्ता अनुभूतिकोे संरचनाहरू उक्त कृतिमा अभिव्यक्त रहेकोे आलेखकोे विश्लेषणबाट प्राप्त भएको छ । यस आलेखमा सार, शब्दकुञ्जी, परिचय, विधि, विश्लेषण, निष्कर्ष र सन्दर्भ सामग्री जस्ता उपशीर्षकहरू रहेका छन् । यिनैै उपशीर्षकहरूमा रही गरिएको विमर्शका माध्यमबाट मलाई पनि निद्रा लागेन कथा सङ्ग्रहमार्फत कथाकार मातृका पोखरेलले व्यक्ति र समाजका परिपूरक अनुभूतिको संरचनालाई अभिव्यक्त गरेको आलेखकोे प्राप्तिलाई निचोेडका रूपमा पाइएकोे छ । 

Abstract
0
PDF
0

Downloads

Published

2025-12-31

How to Cite

Silwal, H. P. (2025). मलाई पनि निद्रा लागेन कथा सङ्ग्रहमा अनुभूतिको संरचना. Humanities and Social Sciences Journal, 17(1-2), 141-150. https://doi.org/10.3126/hssj.v17i1-2.97403

Issue

Section

Research Article

How to Cite

Silwal, H. P. (2025). मलाई पनि निद्रा लागेन कथा सङ्ग्रहमा अनुभूतिको संरचना. Humanities and Social Sciences Journal, 17(1-2), 141-150. https://doi.org/10.3126/hssj.v17i1-2.97403