'छाउपडी' उपन्यासका नारी पात्रमा प्रतिनिधित्व, पहिचान र प्रतिरोध
DOI:
https://doi.org/10.3126/ire.v5i1-2.34744Abstract
छाउपडी उपन्यासमा प्रयुक्त पात्रहरूको कार्यात्मक भूमिकाका आधारमा प्रतिनिधित्व, पहिचान र प्रतिरोधको स्थिति स्पष्ट रूपमा देख्न सकिन्छ । प्रस्तुत उपन्यासमा जातीय, लैङ्गिक, क्षेत्रीय, वर्गीय तथा संस्कार र सांस्कृतिकतालाई प्रतिनिधित्व र पहिचान गर्ने मूल आधार मानिएको छ । उपन्यासमा सीमान्तकृत वर्गमा नारी र पुरुषहरू रहे पनि यस लेखमा नारी पात्रहरूको मात्र प्रतिनिधित्व, पहिचान र प्रतिरोधको स्थितिको खोजी गरिएको छ । उपन्यासका पात्रहरूको सामाजिक आर्थिक हैसियत र तिनको जीवनशैली, आचार, व्यवहारले पनि तिनीहरूले भिन्न भिन्न वर्गीय पात्रका रूपमा विविध ढङ्गले प्रतिनिधित्व गरेका छन् । उपन्यासका सीमान्तीय पात्रहरूले सामन्तवादी सांस्कृतिक उत्पीडनको अवस्थामा पुगेका श्रमिक नारीहरूको प्रतिनिधित्व गरेका छन् । ज्ञान र शक्ति विहिनताले शक्तिको परिधिमा पुर्याइएका, नारी अस्मिता र अस्तित्व पहिचान निर्माणमा सचेत हुँदाहुँदै पनि आफ्नो स्वपहिचान र आत्मपहिचानलाई जोगाउन नसकेका नारी पात्रहरू आएका छन् । सीमान्त वर्गका नारी पात्रहरूले आफ्नो स्वपहिचान र आत्मपहिचानलाई जोगाउन सङ्घर्ष गर्दागर्दै पनि प्रतिरोधमा सफल नदेखिएको सन्दर्भ उपन्यासमा चित्रित भएको छ । यसमा सामाजिक अवस्था र लैङ्गिक उत्पीडनका कारण सीमान्तीकृत वर्गमा रहेका नारी पात्रको प्रतिनिधित्व, पहिचान र प्रतिरोधको अध्ययन गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.