शिक्षकको पेसागत विकासको अवधारणा र यसका सम्बद्ध पक्ष
DOI:
https://doi.org/10.3126/ire.v5i1-2.34747Abstract
शिक्षकको पेसागत विकास भनेको शिक्षकलाई पेसाप्रति कर्तव्यनिष्ठ, अद्यावधिक र कार्यकुशल बनाउने प्रव्रिmया हो । शिक्षण सिकाइको सम्पूर्ण नेतृत्व शिक्षककै हातमा रहेको हुन्छ । शिक्षककै पूर्वतयारी र सक्षमताले शिक्षण सिकाइका कार्यहरू प्रभावकारी र परिणाममुखी हुन सक्छन् । पेसागत रूपमा सिर्जनशील, दक्ष, उत्प्रेरित र समसामयिक परिवर्तनसँग परिचित शिक्षकले सिकारुलाई मात्र होइन, विद्यालय, समाज, समुदाय र राष्ट्रलाई नै मार्गदर्शन गर्न सक्छ । तसर्थ सामाजिक, सांस्कृतिक र शैक्षिक परिवर्तनको नेतृत्व गर्ने शिक्षकको पेसागत विकास हुनु अत्यावश्यक छ । तर वर्तमान सन्दर्भमा शिक्षकका पेसागत विकास कार्य सन्तोषजनक रूपमा भएका छैनन् नै, यसको सैद्धान्तिक अवधारणाका बारेमा पनि अस्पष्टताहरू रहेका देखिन्छन् । यसै सन्दर्भमा शिक्षकको पेसागत विकासको अवधारणा र यसका सम्बद्ध पक्ष शीर्षकको लेख तयार गरिएको छ । गुणात्मक ढाँचामा संरचित गरिएको यस लेखमा पुस्तकालय पद्धतिबाट तथ्याङ्क सङ्कलन गरी शिक्षकको पेसागत विकाससँग सम्बन्धित सैद्धान्तिक पक्षको चर्चा, त्यसको आवश्यकता, उपादेयता, तालिमसँगको सम्बन्ध, पेसागत विकासका विविध पक्ष तथा तिनको कार्यान्वयन र मूल्याङ्कनका उपायहरूलाई प्रस्ट्याउँदै निष्कर्षमा पुगिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.