शोधसार लेखनको सैद्धान्तिक अवधारणा र प्रयोग
DOI:
https://doi.org/10.3126/ire.v6i1.43433Abstract
प्रस्तुत लेख अनुसन्धान तथा भाषिक अनुसन्धानको एक महŒवपूर्ण पक्ष शोधसार लेखनमा आधारित रहेको छ । यसअन्तर्गत शोधसार लेखनको सैद्धान्तिक परिचय र त्यसको प्रयोगबारे चर्चा गरिएको छ । शोधसार लेखनको परिचय दिनु, शोधसारका प्रकारहरू प्रस्तुत गर्नु, शोधसार लेखनमा ध्यान दिनुपर्ने कुराहरू उल्लेख गर्नु, शोधसारका अङ्गहरूको व्याख्या गर्नु र शोधसारको नमुना प्रस्तुत गर्नु यस लेखका मुख्य उद्देश्य रहेका छन् । प्रस्तुत लेखमा शोधसारबारे चर्चा गरिएका अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूको सूक्ष्म अध्ययन गरिएको छ । जसका आधारमा शोधसार लेखन निश्चित विधि र प्रक्रियामा आधारित हुने, शोधसार लेखनमा यसका सैद्धान्तिक पक्षमा विशेष ध्यान दिनुपर्ने, व्याख्यात्मक, सूचनामूलक, समालोचनात्मक, चित्रात्मक आदि यसका मुख्य प्रकार हुने, परिचय, अध्ययन विधि वा प्रक्रिया, प्राप्ति र निष्कर्ष यसका मुख्य अङ्गका रूपमा रहने लगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययनमा गुणात्मक अनुसन्धान विधिको अवलम्बन गरिएको छ । यस अध्ययनबाट अनुसन्धान तथा भाषिक अनुसन्धान विषय शिक्षण गर्ने शिक्षक, अनुसन्धानरत विद्यार्थी एवम् अनुसन्धानका क्षेत्रमा क्रियाशील जोकोहीलाई पनि शोधसारको प्रकृति, यसको लेखन तथा प्रयोग–व्यवहारबारे जानकारी प्राप्त गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.