भाषिक सिप सहजीकरणमा बहुबौद्धिकता
DOI:
https://doi.org/10.3126/ire.v6i2.43547Abstract
प्रस्तुत लेख भाषा शिक्षणमा बहुबौद्धिकताको उपयोगसँग सम्बन्धित छ । प्रत्येक व्यक्ति आफैँमा क्षमतावान् र प्रतिभाशाली हुन्छन् । विद्यार्थीमा जुन प्रतिभा वा क्षमता छ त्यही आधारमा शिक्षण गर्नुपर्छ । गार्डनरद्वारा स्थापित बहुबौद्धिकताका सिद्धान्तका आधारमा भाषिक सिप सहजीकरणका क्षेत्र पहिचान गरी त्यसको उपयोगिता किटान गर्नु नै यस अध्ययनको मुख्य उद्देश्य हो । यस लेख निर्माणका लागि सैद्धान्तिक पद्धतिको उपयोग गरिएको छ । पूर्वकार्यको अध्ययनबाट प्राप्त सार वा ज्ञानका आधारमा लेख तयार गरिएकाले पूर्णतः द्वितीय स्रोतका सामग्रीमा आधारित छ । यसमा बौद्धिकताका प्रकारलाई चर्चा गर्दै भाषिक सिप सहजीकरणमा त्यसको अन्तर्सम्बन्ध कायम गरिएको छ । बहुबौद्धिकता प्रकारका रूपमा स्थापित भाषिक बौद्धिकता, तार्किक बौद्धिकता, दृश्यात्मक बौद्धिकता, शारीरिक गतिबोधक बौद्धिकता, साङ्गीतिक बौद्धिकता, अन्तरवैयक्तिक बौद्धिकता, आन्तरिक बौद्धिकता र प्राकृतिक बौद्धिकतालाई भाषिक सिप सहजीकरणमा उपयोग गर्न सकिने निष्कर्ष निकालिएको छ । बहुबौद्धिकता अनुकूल सिकाइ सहजीकरण सञ्चालनका लागि भाषा पाठ्यव्रmम निर्माता, पाठ्यपुस्तक लेखक तथा शिक्षकहरूको सव्रिmयता आवश्यक रहने देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.