कक्षा दशको नेपाली पाठ्यपुस्तकमा समाविष्ट व्याकरणका अभ्यास

Authors

  • बुद्धराज खनिया

DOI:

https://doi.org/10.3126/ire.v7i1.47491

Keywords:

वर्णविन्यास , धातु , भाषा पाठ्यपुस्तक विधि

Abstract

कक्षा दशको नेपाली पाठ्यपुस्तकमा भएका व्याकरणका अभ्यासहरूको अध्ययन गर्ने उद्देश्यले तयार गरिएको यो लेख गुणात्मक अनुसन्धानको पुस्तकालयीय अध्ययनमा आधारित छ । कक्षा दशको नेपाली पाठ्यपुस्तकलाई अध्ययनको मूल सामग्री मानी सोही पुस्तकबाट तथ्यहरू सङ्कलन गरी वर्णन विश्लेषण गरिएको छ । व्याकरणका प्रत्येकपाठ्यवस्तुलाई तालिकीकरण गरी वर्णनात्मक एवम् व्याख्यानात्मक तरिकाले विश्लेषण गरिएको छ । सोहीअनुसार कक्षा दशको नेपाली पाठ्यपुस्तकमा धातु, शब्दवर्ग, लेख्यचिन्ह, काल–पक्ष, मूल–व्युत्पन्न शब्द, उपसर्ग–प्रत्यय, द्वित्व, समास, वर्णविन्यास, वाक्यका प्रकार, पदसङ्गति, वाक्य संश्लेषण–विश्लेषण, कारक–विभक्ति र वाच्यसम्बन्धी व्याकरणका अभ्यासहरूराखिएका छन् ।मूल र व्युत्पन्न, वर्णविन्यास, स्वर वर्ण र अक्षर संरचना, वाच्यसम्बन्धी व्याकरणका अभ्यासलाई सम्बन्धित पाठसँग जोडिएको छ भनेधातु, लेख्यचिन्ह, पदसङ्गति, भाव, वाक्य संश्लेषण र विश्लेषण, कारक र विभक्ति, लघुतावाची, समूहवाची र सिङ्गो शब्दका अभ्यासलाई सम्बन्धित पाठसँग जोडिएको छैन । व्याकरणका अधिकांश पाठ्यांशलाई मूल पाठसँग नजोड्नु शैक्षणिक दृष्टिले पाठ्यपुस्तकको कमजोरी मानिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
86
pdf
87

Downloads

Published

2022-09-05

How to Cite

बुद्धराज खनिया. (2022). कक्षा दशको नेपाली पाठ्यपुस्तकमा समाविष्ट व्याकरणका अभ्यास. Interdisciplinary Research in Education, 7(1), 1–16. https://doi.org/10.3126/ire.v7i1.47491

Issue

Section

Research Article