कक्षा ११ को ‘नेपाली’ पाठ्यपुस्तकका कथा विधामा प्रयुक्त नमुना अभ्यास
DOI:
https://doi.org/10.3126/ire.v7i2.50466Keywords:
नमुना अभ्यास, विधा शिक्षण , सिकाइ उपलब्धि , शिक्षण प्रयोजनAbstract
प्रस्तुत लेखमा कक्षा ११ को ‘नेपाली’ (२०७७) पाठ्यपुस्तकका कथा पाठहरूमा प्रयुक्त नमुना अभ्यासका प्रश्नहरूलाई कथा शिक्षणको विधागत प्रयोजन र पाठ्यव्रmमका उद्देश्यअनुरूप विश्लेषण गरी तिनको उपयुक्तता र पर्याप्तता पहिल्याइएको छ । यसमा पुस्तकालयीय अध्ययनबाट सामग्री सङ्कलन र वर्णनात्मक विधिबाट व्याख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यस अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कक्षा ११ को नेपाली पाठ्यपुस्तकको नमुना अभ्यास भाषिक सिप विकासमा केन्द्रित रहेको देखिन्छ । त्यस्तै यस पुस्तकमा भाषिक सिपहरूमध्ये सबैभन्दा बढी लेखाइ सिपमा, त्यसपछि व्रmमशः पढाइ, बोलाइ र सुनाइमा जोड दिनु उक्त कक्षामा विधा शिक्षणका दृष्टिले उपयुक्त मान्न सकिन्छ । कथा पाठका नमुना अभ्यासमा प्रश्नगत पर्याप्तता र विविधता पाइन्छ । साथै उक्त कक्षाको नेपाली भाषा पाठ्यव्रmमले अपेक्षा गरेअनुरूपका भाषिक सिपगत सक्षमता हासिल हुने खालका प्रश्नहरू रहेकाले यो सबल रहेको देखिन्छ । कथा विधा शिक्षण प्रयोजनका दृष्टिका साथै अभ्यासका प्रश्नहरूबाट निर्देशित सिकाइ व्रिmयाकलापलाई आधार मान्दा कथा पाठको नमुना अभ्यास, शब्दभण्डार र पठनबोध क्षमता विकासका दृष्टिले उत्तम, प्रश्नोत्तर, घटनाव्रmम, समीक्षा, प्रतिव्रिmया लेखन, सिर्जना र परियोजना कार्यसम्बद्ध क्षमता विकासका दृष्टिले मध्यम अनि बुँदाटिपोट र सारांश लेखन क्षमता विकासका दृष्टिले निम्न रहेको देखिन्छ । नमुना अभ्यासमा सुनाइ पाठ र त्यससम्बद्ध अभ्यासलाई छुट्टै शीर्षक दिई सुनाइ र बोलाइ सिपका अभ्यास गराउन खोज्नु यस पुस्तकको नवीन पक्षहो । तथापि सुनाइ र बोलाइका अभ्यासमा लेखाइसम्बद्ध प्रश्नहरू समेत रहेकाले तिनको सट्टा यस खण्डमा सुनाइ बोलाइको मात्र अभ्यास गराउँदा अझ प्रभावकारी हुने देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.