निर्वाचनमा नागरिक दायित्व
DOI:
https://doi.org/10.3126/ire.v8i1.56722Keywords:
निर्वाचन, लोकतन्त्र, सहभागिता, राजनीति, बालिग मताधिकारAbstract
प्रस्तुत लेख निर्वाचनप्रति नागरिक सहभागिता अभिवृद्धिका आधारहरूको खोजी गर्नुसँग सम्बन्धित छ । मतदानले निर्वाचित प्रतिनिधिलाई दायित्व बोध र सचेत गराउँदछ । लोकतन्त्रलाई जीवन्त र गतिशील बनाउने काममा आवधिक निर्वाचनको अहम् भूमिका रहन्छ । लोकतन्त्रको आधारका रूपमा रहेको निर्वाचनमा व्यापक जनसमर्थन र सहभागिताको खाँचो पर्दछ । लोकतन्त्रको अस्तित्व एवम् निर्वाचनको सार्थकता जनसहभागितामा अडेको हुनाले नागरिक सहभागिताको आधारलाई पहिचान गर्दै थप अभिवृद्धिका उपायहरूको खोजी गर्नु यस लेखको मूल उद्देश्य हो । गुणात्मक प्रकृतिको यस लेखमा द्वितीयक सामग्रीको अध्ययन विश्लेषण गर्दै निष्कर्षमा पुग्ने कोसिस गरिएको छ । यो लेख वर्णनात्मक तथा विश्लेषणात्मक अध्ययन विधिमा आधारित छ । यसमा निर्वाचन र नागरिक सहभागिताको विषयलाई मात्र आधार मानेर अघि बढ्ने प्रयत्न गरिएको छ । निर्वाचनमा नागरिकहरूको राजनीतिक संस्कार निर्माणमा आधारको खोजी गर्दै निष्पक्ष निर्वाचनका मार्गहरू पहिल्याउनका लागि समेत सहभागिताको प्रश्न टड्कारो रूपमा देखा पर्दछ । सहभागिताले निर्वाचनको सार्थकता र विश्वसनीयता थप्ने हुनाले यस लेखमा प्रस्तुत सहभागिताका आधारहरूलाई सम्बन्धित पक्षले अवलम्बन गरेमा निर्वाचनको गरिमालाई अझ उच्चो बनाउन मद्दत मिल्ने अपेक्षा गर्न सकिन्छ । प्रतिनिधिको छनोटमा आम नागरिकहरूको व्यापक र सक्रिय सहभागिताले मात्र शासकलाई जवाफदेही बनाउन सकिने हुनाले निर्वाचन प्रक्रिया पूर्ण रूपमा जनसहभागितामा अडेको हुन्छ भन्ने कुरा पुष्टि हुन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.