बालकथाको विकास र शैक्षणिकता
DOI:
https://doi.org/10.3126/ire.v8i1.56724Keywords:
बालकथा, बालकथाको विकास, शैक्षणिकताAbstract
प्रस्तुत लेख बालकथाको विकास र शैक्षणिकता अध्ययनमा आधारित रहेको छ । यस लेखमा बालकथाको परिचय, नेपाली बालकथाको विकास र शैक्षणिकताबारे अध्ययन गरिएको छ । बालकथाको परिचय दिनु, नेपाली बालकथाको विकासक्रम पहिल्याउनु, बालकथाको शैक्षणिकता प्रस्तुत गर्नु प्रस्तुत अध्ययनका मूलभूत उद्देश्य रहेका छन् । यो अध्ययन मूलतः गुणात्मक अनुसन्धानमा आधारित रहेको छ । यस अध्ययनमा वर्णनात्मक तथा विश्लेषणात्मक पद्धतिको अनुप्रयोग गरिएको छ । यसमा आवश्यक सामग्रीहरुको सङ्कलन पुस्तकालयीय अध्ययनका माध्यमबाट गरिएको छ । प्रस्तुत अध्ययनमा द्वितीयक स्रोतका सामग्रीहरूको प्रयोग गरिएको छ । यस क्रममा मुख्यतः नेपाली र अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूको उपयोग गरिएको छ । यस अध्ययनबाट बालकथा बालबालिकाका लागि लेखिएको रचनाका रूपमा रहेको , यो प्रौढ साहित्यभन्दा भिन्न एवम् पृथक रहेको, यसको विकासक्रम फरकफरक विद्वान्हरूद्वारा फरकफरक किसिमले प्रस्तुत गरिएको, यसको शैक्षणिकताका लागि बालबालिकाको रुचि, स्तर, मनोविज्ञान र पठनीयतामा ध्यान दिनुपर्ने आवश्यकता रहेकोलगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययन बालकथाको परिचय, विकास र यसको शैक्षणिकताबारे जानकारी लिन चाहने जोकोहीका लागि पनि उपयोगी हुने विश्वास लिइएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.