विषयवस्तुगत आयामका दृष्टिले विद्यालय तहका नेपाली भाषा पाठ्यक्रम
DOI:
https://doi.org/10.3126/ire.v10i2.88095Keywords:
एकल पथीय, प्रकृतिपरक, प्राविधिक, भाषिक सिप, मानवमूल्यAbstract
भाषा पाठ्यक्रमा भाषिक सिप विकास तथा विषयवस्तुको बोध तथा आस्वादनका लागि विविध क्षेत्रबाट विषयवस्तुहरू उपयोग गर्ने गरिन्छ । एउटै कक्षा तथा तल्ला माथिल्ला कक्षाका विषयवस्तुबिच क्रम अनि विविधता आवश्यक हुन्छ । यसै पृष्ठभूमिमा यो लेख विद्यालय तह (कक्षा ४–१२) का नेपाली भाषा पाठ्यक्रममा उपयोग गरिएका विषयवस्तुहरू र तिनको सन्तुलन पहिल्याउने उद्देश्यमा केन्द्रित गरिएको छ । यसमा गुणात्मक ढाँचामा आधारित रहेर प्रलेख विश्लेषण तालिका निर्माण गरी तथ्य सङ्कलन, विषयगत उपशीर्षक निर्माणपछि वर्णनात्मक तबरबाट व्याख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यस अध्ययनबाट विद्यालय तह (कक्षा ४–१२) का नेपाली भाषा पाठ्यक्रममा विषयवस्तुगत पर्याप्तता र विविधता रहेको, तल्ला र माथिल्ला कक्षाका विधागत पाठहरूमा विषयवस्तुका दृष्टिले उत्तरोत्तर विकास हुँदै गएको निष्कर्ष प्राप्त भएको छ । सामाजिक, श्रम संस्कृति, प्रयोजनपरक विषयवस्तु आदि पर्याप्त रहनु सबल पक्ष अनि प्रकृति, श्रम र संस्कृति जस्ता विषयवस्तुहरू सन्तुलित रहनु सामान्य पक्ष रहेको निचोडमा पुगिएको छ । देशभक्ति, नीतिपरक, लोक साहित्य, व्यवहारिक लेखन विषयवस्तुको न्यूनता रहनु चाहिँ यस तहका पाठ्यक्रमका कमजोर पक्ष पहिचान भएको छ । पाठ्यक्रममध्ये तल्ला कक्षामा मनोरञ्जनात्मक विषयवस्तुहरू थप गर्नुपर्ने साथै जीवनी, नियात्रा, संस्मरण तथा रूपक विधाका विषयवस्तुमा अझ विशिष्टता वा थप स्पष्टता आवश्यक देखिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Interdisciplinary Research in Education

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.