अभिभावकको शैक्षिक अवस्थाका आधारमा विद्यार्थीको सुनाइ उपलब्धि
DOI:
https://doi.org/10.3126/ire.v10i2.88096Keywords:
अन्तरक्रिया, उपलब्धि, पृथकीकृत, प्राक्कल्पना, सार्थकताको मानAbstract
प्रस्तुत लेखमा अभिभावकको शैक्षिक अवस्थाका आधारमा विद्यार्थीको सुनाइ उपलब्धि विश्लेषण गरिएको छ । यसमा प्रयोजनवादलाई दार्शनिक आधार मानी व्याख्यात्मक क्रमागत मिश्रित ढाँचाको अवलम्बन गरिएको छ । भाषिक परीक्षणको पृथकीकृत पद्धति तथा अनुप्रविष्टि प्राक्कल्पना र अन्तरक्रियाको सिद्धान्तका आधारमा अध्ययन पूरा भएको छ । परिमाणात्मक तथ्याङ्कका लागि काठमाडौँ उपत्यका, काभ्रे र धनुषाबाट ४३१ जना विद्यार्थी लिइएको छ भने गुणात्मक तथ्यका लागि उद्देश्यपरक नमुना छनोट पद्धतिका आधारमा दुई दुईजना विद्यार्थी, शिक्षक र अभिभावक लिइएको छ । औसतमानको भिन्नतालाई ०.०५ सार्थकताको तह मानी अभिभावकको शैक्षिक अवस्थाका आधारमा विद्यार्थीको सुनाइ उपलब्धिको विश्लेषणका लागि टी परीक्षण गरिएको छ । बुबाको शैक्षिक अवस्थाको आधारमा विद्यार्थीको सुनाइ उपलब्धि ०.०९९ आएकाले यस आधारमा विद्यार्थीको सुनाइ उपलब्धिको औसतमानमा तात्त्विक भिन्नता देखिएको छैन । आमाको शैक्षिक अवस्थाको आधारमा प्राप्त सुनाइ उपलब्धिलाई वन वे एनोभाबाट परीक्षण गर्दा सार्थकताको मान ०.००२ आएकाले विद्यार्थीको सुनाइ उपलब्धिको औसत मानमा सार्थक अन्तर देखिएको छ । यही भिन्नतालाई पोस्टहक परीक्षणबाट हेर्दा साक्षर र बाह्रसम्म अध्ययन गर्ने (सार्थकताको मान ०.००८) तथा निरक्षर र बाह्रसम्म अध्ययन गर्ने अभिभावकका सन्ततिको उपलब्धिमा भिन्नता (सार्थकताको मान ०.०१७) देखिएको छ । विद्यार्थीको सुनाइ उपलब्धिको विकासमा बुबाको भन्दा आमाको बढी भूमिका देखिएको छ । आमाको काखबाट सिकाइ प्रारम्भ, पारिवारिक अन्तरक्रिया र सहभागिता तथा सचेत र असचेत प्रयासको विरोधाभाससम्बद्ध आशयको गुणात्मक तथ्यबाट परिमाणात्मक नतिजाको थप व्याख्या भएको छ । यस लेखको प्राप्तिले शिक्षण सिकाइमा संलग्न शिक्षक, भाषिक सचेतना विकास गराउने अभिभावक र मिश्रित ढाँचामा उपलब्धि परीक्षण गर्ने अनुसन्धानकर्तालाई सहयोग गर्ने छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Interdisciplinary Research in Education

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.