‘ऋतुविचार’ खण्डकाव्यमा सामाजिक सन्दर्भ {Social Context in Sub-Epic Rituvichar}

Authors

  • शालिकराम Shalikram पौड्याल Poudyal Tribhuvan University त्रिभुवन विश्वविद्यालय

Keywords:

समाज, ऋतुचक्र, व्यङ्ग्य, संस्कृति, प्रकृति, Nature, Culture, Satire, Seasonal, Society

Abstract

लेखनाथ पौड्यालको ऋतुविचार प्रकृतिकाव्य भए पनि प्रकृतिको चित्रणका क्रममा समाजका विविध पक्षको चित्रण गरिएको छ । समाज चित्रणका दृष्टिले यस काव्यमा युगीन सामाजिक चेतनाको अभिव्यक्ति भएको छ । प्रस्तुत लेखमा प्राथमिक स्रोत र द्वितीयक स्रोतका सामग्री पुस्तकालय कार्यबाट सङ्कलन गरी सामाजिकताका कोणबाट पाठको विश्लेषण गरिएको छ । यस काव्यमा युगीन सामाजिक यथार्थको प्रस्तुति, युगीन सामाजिक विसङ्गतिहरूप्रति व्यङ्ग्य गरिएको छ । वसन्त ऋतु, ग्रीष्म ऋतु, वर्षा ऋतु, शरद् ऋतु, हेमन्त ऋतु र शिशिर ऋतुका ऋतुचक्रले प्रकृतिमा आउने परिवर्तन र त्यसका माध्यमबाट सामाजिक जीवनमा परेको प्रभावलाई काव्यमा वर्णन गरिएको छ । नेपाली समाजको चित्रणअन्तर्गत नेपाली समाज, धर्मसंस्कृति, राजनीति, पेसा–व्यवसाय, सामाजिक, आर्थिक पक्ष, नैतिक मूल्यमान्यता, तत्कालीन राणाशासनको प्रतिबिम्ब, नेपालीहरूको कठिन जीवनचर्या, सामाजिक विसङ्गत तथा मानवीय चरित्रको कमजोरीहरूमाथि सूक्ष्म व्यङ्ग्य गर्दै समुन्नत राष्ट्र, सुखी नेपाली, शान्ति, सुरक्षा र भयरहित सामाजिक वातावरण, आधारभूत मानवीय आवश्यकता र तिनको समाधानलगायत राणाशासनको अन्त्य एवम् नेपालीहरूको उज्ज्वल, समृद्ध भविष्यको चाहना व्यक्त गरिएको छ । प्रकृतिकाव्यका रूपमा रहेको ऋतुविचार खण्डकाव्यमा नेपाली समाजका विभिन्न सन्दर्भको व्याख्या प्रकृति कै सापेक्षतामा गरिएको छ र यहाँ काव्यमा वर्णित सामाजिक पक्षको अध्ययन गरिएको छ ।

Abstract
358
PDF
0

Author Biography

शालिकराम Shalikram पौड्याल Poudyal, Tribhuvan University त्रिभुवन विश्वविद्यालय

उपप्राध्यापक

Downloads

Published

2024-02-21

How to Cite

‘ऋतुविचार’ खण्डकाव्यमा सामाजिक सन्दर्भ {Social Context in Sub-Epic Rituvichar}. (2024). Kaladarpan कलादर्पण, 4(1), 30-36. https://doi.org/10.3126/kaladarpan.v4i1.62806

Issue

Section

Articles

How to Cite

‘ऋतुविचार’ खण्डकाव्यमा सामाजिक सन्दर्भ {Social Context in Sub-Epic Rituvichar}. (2024). Kaladarpan कलादर्पण, 4(1), 30-36. https://doi.org/10.3126/kaladarpan.v4i1.62806